पाँचथर पावरको आईपिओ पुस ३० गतेदेखि, कसले गर्न पाउँछ आवेदन ?

Jan 06, 2019 Merolagani

पाँचथर पावर कम्पनी लिमिटेड (PPCL) ले यहि पुस ३० गतेदेखि साधारण शेयर (आईपिओ) जारी गर्ने भएको छ। कम्पनीले ९ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको आईपिओ जारी गर्ने भएको हो ।

कम्पनीले हाल निष्काशन गरेको शेयर आयोजनाबाट प्रभावित तकालिन गाविसहरु भारपा, याङ्गनाम, नांगिन (हाल फिदिम नगरपालिका, हिलिहाङ्ग र फालेलसङ्ग गाउँपालि) का बासिन्दाहरुले आवेदन गर्न पाउनेछन् ।

आईपिओमा आवेदन गर्ने अन्तिम दिन छिटोमा माघ १४ गते रहेको छ । सो समयमा निष्काशित आईपिओ बिक्री नभएमा माघ २९ गतेलाई आईपिओ निष्काशन बन्द हुने ढिलो मिति निर्धारण गरिएको छ ।

कम्पनीले निष्काशन गर्न लागेको आईपिओलाई केयर रेटिङ्गस् नेपाल लिमिटेडले ‘केयर एनपी आइपिओ ग्रेड ४’ दिएको छ । यस ग्रेडले कम्पनीको आधारभुत अवस्था औसत भन्दा तर आधार रहेको जनाउँछ ।

कम्पनीको आईपिओ निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटललाई नियुक्त गरिएको छ । आईपिओमा स्थानीयहरुले न्यूनतम १० कित्ता अर्थात एक हजार रुपैयाँदेखि ९ हजार ६२० कित्ता अर्थात ९ लाख ६२ हजार रुपैयाँसम्म माग गर्न सक्नेछन् ।

यस आइपिओमा चार स्थाबाट आवेदन बुझ्ने व्यवस्था गरिएको छ । जसमा पाँचथर पावर कम्पनीको हेवाखोला ए जविद्युत आयोजनाको कार्यालय फिदिम नगरपालिका १० याङ्गनाम, कृषि विकास बैंक, सेञ्चुरी कमर्सियल बैंक र गुडविल फाइनान्सको शाखा कार्यालय पिदिम पाँचथरबाट स्थानीयले आईपिओको दरखास्त फारम प्राप्त गर्न र बुझाउन सक्नेछन् ।

कम्पनीले पुस १३ गते धितोपत्र बोर्डबाट आयोजना प्रभावित स्थानीय बासिन्दा र सर्वसाधारलाई गरी कूल १९ करोड २५ लाख रुपैयाँ बराबरको १९ लाख २५ हजार कित्ता आईपिओ बिक्री गर्न अनुमति पाएको थियो ।

जसमध्ये पहिलो चरणमा कम्पनीले पुस ३० गतेदेखि आयोजना प्रभावित पाँचथर जिल्लाका स्थानीय बासिन्दाका लागि ९ लाख ६२ हजार ५०० कित्ता निष्काशन गर्न लागेको हो । यो आईपिओ बाँडफाँडपछि दोस्रो चरणमा सोही परिमाणमा सर्वसाधारणमा आईपिओ निष्काशन गर्नेछ ।

कम्पनीले संस्थापकहरुबाट जारी पूँजीको ८० प्रतिशत अर्थात ७७ करोड रुपैयाँ चुक्ता गरिसकेको छ भने जारी पूँजीको २० प्रतिशत पूँजी सार्वजनिक निष्काशनबाट कायम गर्नेछ ।

पाँचथर पावर कम्पनीले पाँचथर जिल्लामा १४.९ मेगावाटको हेवाखोला ए जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । कम्पनीले यस आयोजनाबाट २०७३ माघ २२ गते देखि नै विद्युत उत्पादन गरीरहेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।