भार्गव विकास बैंकले पनि नगद लाभांश मात्र बाँड्ने

Jan 06, 2019 Merolagani

राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पूँजी कायम गरेका बैंकहरूले शेयरधनीलाई नगद लाभांश मात्र बाँड्ने क्रम यस वर्ष बढेकाे छ। यसै क्रममा अर्काे विकास बैंक भार्गव (BHBL) ले पनि गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई नगद लाभांश मात्र वितरण गर्ने प्रस्ताव गरेको छ । 

राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पूँजी ५० करोड पुर्याइसकेको यस विकास बैंकले पनि नगद मात्र बाँड्ने भएको हो ।

बैंक सञ्चालक समितिको पुस २० गते बेलुका ६ बसेको सञ्चालक समितिको १८९ औं बैठकले गत आर्थिक वर्ष २०७४/७५ को सञ्चित मुनाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो

गत आर्थिक वर्षको अन्त्यसम्म तीन करोड ९६ लाख २५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यहि नाफाबाट बैंकले ६ प्रतिशत नगद लाभांश बाँड्ने प्रस्ताव गरेको हो।

अघिल्लो आर्थिक वर्ष बैंकले शेयरधनीलाई ५.५५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.२९ प्रतिशत नगद लाभांश बाँडेको थियो ।

हाल बैंकको चुक्ता पूँजी ५० करोड १६ लाख रुपैयाँ रहेको छ । यसअनुसार बैंकले नगद लाभांश वापत शेयरधनीलाई तीन करोड ९६ हजार रुपैयाँ बाँड्नेछ ।

बैंकले प्रस्ताव गरेको क्त लाभांश राष्ट्र बैंकको स्वीकृती तथा बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीलाई वितरण हुनेछ ।

भार्गव विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा एक करोड ४५ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी ११ रुपैयाँ ५८ पैसा कायम गरेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।