प्रभु बैंकले १०.२६% लाभांश बाँड्ने, बोनस कति?

Jan 06, 2019 Merolagani

प्रभु बैंक (PRVU) ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई १०.२६३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। बैंक सञ्चालक समितिको पुस २२ गते बसेको सञ्चालक समितको १३५ औं बैठकले बोनस र नगद गरि सो परिमाणको लाभांश प्रस्ताव गरेको हो ।

बैठकले गत आर्थिक वर्ष २०७४/७५ को सञ्चित मुनाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको ५ प्रतिशत बोनस र बोनस शेयर र नगद लाभांमा लाग्ने कर सहित ५.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यससँगै बैंककाे शेयरधनीले सात आर्थिक वर्षपछि लाभांश खान पाएका छन् । बैंकले यसअघि आर्थिक वर्ष ०६६/६७ मा ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

बैंकले प्रस्ताव गरेको क्त लाभांश राष्ट्र बैंकको स्वीकृती तथा बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीलाई वितरण हुनेछ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।