फाइनान्सले पुस २९ गते देखि ७ लाख ३६ हजार ८७ कित्ता शेयरमा बढाबढमा शिलबन्दी बोलपत्र आह्वान गरेको छ । फाइनान्सले लिलामीमा ल्याउने शेयरमध्ये दुई लाख ५७ हजार ६३१ कित्ता संस्थापक र चार लाख ७८ हजार ४५६ कित्ता सर्वसाधारण समुह तर्फको रहेको छ ।
फाइनान्सको लिलामी शेयरका लागि काठमाडौं क्यापिटल मार्केट बिक्री प्रबन्धक रहेको छ ।
लिलामी शेयरमा आवेृदन गर्न इच्छुकले बिक्री प्रबन्धकको कार्यालय कमलादी, बैंक अफ काठमाण्डूका शाखा कार्यालयहरु मेनरोड विराटनगर, स्टेशनरोड जनकपुर, आदर्शनगर वीरगञ्ज, मेनरोड हेटाैंडा, लायन्स चोक चितवन, बुटवल, नेपालगञ्ज, पोखरा, सुर्खेत, धनगढी, र फाइनान्सको केन्द्रीय कार्यालय दरबारमार्ग काठमाडौंबाट शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।
इच्छुक लगानीकतर्ताले माघ १० गते अपरान्ह ३ बजेसम्म आवेदन गर्न सकिनेछ। पुस १९ गते फाइनान्सकाे शेयर प्रतिकित्ता १११ रूपैयाँमा काराेबार भएकाे छ ।
बोलपत्र आवेदन एक सय रुपैयाँ तिरेर माथिका स्थानहरुबाट प्राप्त गर्न र बुझाउन सकिनेछ । बोलपत्र पेश गर्दा संस्थापक न्युनतम एक हजार कित्ता र सर्वसाधारणमा १०० कित्तादेखि अधिकतम सबै कित्ताको लागि आवेदन गर्न सकिनेछ। लगानीकर्ताले प्रतिकित्ता न्युनतम १०० रुपैयाँ मुल्य कबुल गरि बढाबढ मूल्यमा बोलपत्र पेशग गर्न सक्नेछन् ।
आवेदन रकम बैंकले उपलब्ध गराएको बैंक खाता नम्बरमा जम्मा गरि सक्कल भौचर समेत पेश गर्नुपर्नेर्छ। त्यस्तै दश लाख रुपैयाँभन्दा बढीको आवेदन दिनेले प्यान नम्बर आवेदन फारममा उललेख गर्नुपर्छ ।
सिटी एक्सप्रेस फाइनान्सले गत भदौ १ गतेदेखि १६७ प्रतिशत अर्थात २५ लाख कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो ।
चुक्ता पूँजी ३१ करोड ७५ लाख रुपैयाँ रहेको फाइनान्सले चालु वर्षको पहिलो त्रैमासमा एक करोड ९ लाख रुपैयाँ नोक्सानी व्योहोरेको छ। यस अवधिमा फाइनान्सको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ८३ पैसा ऋणात्मक छ ।