साधारण सभामा यस अघि सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पूँजीको १४ प्रतिशत बोनश शेयर तथा कर सहित ११ प्रतिशत नगद लाभांश स्वीकृत गर्ने प्रस्ताव गरेको छ । बोनस शेयर वितरण गर्दा हुन आउने खण्डित शेयरलाई समायोजन गर्ने र बाँकी रहेको खण्डित शेयरलाई पछि समायोज गरिने बैंकले जनाएको छ ।
यस्तै बैंकले सहायक कम्पनी मार्फत धितोपत्र व्यवसायी शेयर ब्रोकर सम्बन्धी कार्य गर्न बैंकको प्रबन्धपत्र संसोधन गर्ने सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने तयारी समेत गरेको छ ।
साधारण सभामा सञ्चालक समितिको प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखा परिक्षकका प्रतिवेदन सहित आर्थिक वर्ष २०७४/७५ को वासलात तथा नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण स्वीकृत गर्ने तयारी गरेको छ ।
यसैगरी बैंकको सहायक कम्पनी काठमाडौं क्यापिटलको पनि वित्तीय विवरण सहित एकीकृत वित्तीय विवरण स्वीकृत गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि बैंकले पुस ३० गते बुक क्लोज गर्ने जनाएको छ । त्यस अनुसार पुस २९ गते आइतबार सम्म कायम शेयरधनीहरुले बैंकको लाभांश पाउनेछ ।
हाल ७ अर्ब ७ करोड २८ लाख ९६ हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको बोनस पश्चात ८ अर्ब ६ करोड ३१ लाख १ हजार रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।
बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३८ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ८८ पैसा, प्रतिशेयर नेटवर्थ १८४ रुपैयाँ २९ पैसा छ ।