लिलामी बजारमा नागरिक लगानीकोषको सक्रियता बढ्दो, एनसीसीको सबै उठाउने प्रयास

Jan 06, 2019 Merolagani

नेपाल क्रेडिट एण्ड कमर्स बैंक (NCCB)  ले लिलामीमा ल्याएको अवितरित हकप्रदमा नागरिक लगानी कोषले सबै शेयर माग गर्दे बोलपत्र पेश गरेको छ। कोषले साधारण समूहतर्फको शेयर प्रतिकित्ता १९१ र संस्थापकतर्फ १०१ रुपैयाँमा माग गरेको हो ।

कोषले संस्थापक समूहतर्फ १०१ रुपैयाँका दरले ६५ करोड ८१ लाख ९६ हजार रुपैयाँको र सर्वसाधारण समूहतर्फको शेयरका लागि २६ करोड ६२ लाख ९१ हजार रुपैयाँमा आवेदन दिएको हो । कोष बैंकको संस्थापक र साधारण सबै शेयर ९२ करोड ४४ लाख ८८ हजार रुपैयाँ उठाउन तयार भएको हो ।

एनसीसी बैंकले पुस ११ देखि २० गतेसम्म संस्थापक समूहतर्फ ६५ लाख १६ हजार ७९५ कित्ता र सर्वसाधारण समूहतर्फ १३ लाख ९४ हजार १९८ कित्ता शेयरमा बिक्री प्रबन्धक सनराइज क्यापिटलले बोलपत्र आह्वान गरेको थियो । जसमा संस्थापक समूहतर्फ ११९ वटा र सर्वसाधारणको लागि ४ हजार ९२२ वटा आवेदन परेकाले बोलपत्र खोलिसक्न आइतबार साझैसम्म लाग्ने अनुमान गरिएको छ । 

बिक्री प्रबन्धक सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठले संस्थापक समूहतर्फ १०१ रूपैयाँ प्रारम्भिक कटअफ कायम भएकाे र साधारण समूहतर्फ अझै  करिब २००० बाेलपत्र खाेल्न बाँकी रहेकाे बताए ।

सरकारले नगारिक लगानी कोषलाई दोस्रो बजारमा स्टक डिलरको रुपमा स्थापित गर्न लागेको समयमा संस्थागत लगानीकर्ता कोषले बैंकले लिलामीमा ल्याएको शेयर उठाउन लागेको हो । दोस्रो बजारबाट खरिद गर्दा मूल्य उच्च हुने भएकाले पनि कोषले लिलामीको शेयरलाई प्राथमिकता दिएको हो ।

पछिल्लो समय पूँजीवृद्धिको सजिलो औजार हकप्रद बन्दा धेरै कम्पनीले हकप्रदमा शेयर बिक्री नभएर लिलाम बढाबढमा दुई तीन पटकसम्म आह्वान गर्दै बिक्री गरिरहनु परेको अवस्था छ ।

कोषले एनसिसी बैंकको सबै शेयर उठाउन चाहनुले बजारमा केही स्थायित्व हुने विश्वास लगानीकर्तामा जागेको छ । पछिल्लो समय कोषले आफ्नो शेयर स्वामित्व विभिन्न कम्पनीमा बढाउँदै लगिरहेको छ।

बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार संस्थापक शेयरमा न्युनतम १०० रुपैयाँदेखि अधिकतम १४५ रुपैयाँसम्मको आवेदन परेको छ ।

बैंकको साधारण शेयर एक वर्षको अवधिमा अधिकतम ३४० रुपैयाँ र न्युनतम १७२ रुपैयाँ सम्ममा कारोबार भएको छ । पुस २२ गते आइतबार भने नेप्सेमा प्रतिकित्ता २१३ रुपैयाँमा कारोबार भएको छ।

कोषले आवेदन गरेको मूल्यभन्दा बढीमा पनि बोलपत्र पेश भएकाले सबै शेयर कोषले पाउन सम्भावना भने छैन । कोषले मागेको मूल्यभन्दा तल आवेदन गर्ने आवेदकले भने शेयर नपाउने निश्चित भएको छ । हाल बैंकको साधारण तर्फको बोलपत्र खुला गर्ने काम धमाधम भइरहेको छ ।

बैंकले यसअघि भदौ ४ देखि असोज २२ गतेसम्म २ः१ अनुपातमा दुई करोड ३३ लाख ९५ हजार २९१ कित्ता हकप्रद शेयर बिक्रीमा ल्याएको थियो ।

सो समयमा बैंकको आधारभुत शेयरधनीहरु एनबी समूह र निर्मल प्रधान समूहले हकप्रद नभरेपछि एक करोड ५४ लाख ८४ हजार २९० कित्ताका लागि मात्र आवेदन परेको थियो । बाँकी अवितरित शेयर लिलामीमा ल्याइएको हो ।

हाल ४ अर्ब ६८ करोड ५९ लाख २ हजार रुपैयाँ चुक्ता पूँजी रहेको एनसीसी बैंकको लिलामीमा हकप्रद बिक्रीपछि ७ अर्ब २ करोड रुपैयाँ पुग्नेछ भने राष्ट्र बैंकले तोकेको ८ अर्ब पूँजी कायम गर्न बैंकलाई अझै चुक्ता पूँजीको ९८ करोड पूँजी वृद्धि आवश्यक देखिन्छ। यसका लागि कम्पनीले करिबक १४ प्रतिशत बोनस बाँड्नुपर्ने रहेकाले पनि बैंकको लिलामी शेयरमा आकर्षण देखिएको हो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।