घलेम्दी हाइड्रोको आईपिओमा तीन दिनमा पर्यो करिब दुई गुणा बढी आवेदन

Jan 07, 2019 Merolagani

घलेम्दी हाइड्रो लिमिटेड (GHL) काे साधारण शेयर आइपिओमा करिब दुई गुणा आवेदन परेको छ। पुस १९ गतेदेखि निष्काशन भएको शेयरमा तीन दिनमा सो आवेदन परेको हो। आईपिओमा आवेदन गर्ने सोमबार अन्तिम दिन रहेको छ ।

घलेम्दीले पहिलो चरणमा आयोजना प्रभावितका लागि निष्काशन गरेको अवितरित शेयर सहित कूल १५ करोड ५५ लाख ७७ हजार रुपैयाँ बराबरको १५ लाख ५५ हजार ७७० कित्ता शेयर निष्काशन गरेको हो । 

जसमध्ये सामूहिक लगानी कोषका इकाईलाई ५५ हजार कित्ता तथा कर्मचारीलाई २२ हजार कित्ता छुट्टाइएको थियो । सामूहिक लगानी कोषको तर्फबाट कुनै आवेदन नहुँदा सो शेयर सहित गरि १५ लाख ३३ हजार ७७० कित्ता शेयरमा सर्वसाधारणले आवेदन गर्न सक्नेछन् ।

हाइड्रोको शेयर बिक्री प्रबन्धक भिबोर क्यापिटलका अनुसार तीन दिनमा ३६ हजार ६५० बढी आवेदनबाट २८ करोड ८० लाख रुपैयाँ बराबरको (२८ लाख ८० हजार कित्ता) आवेदन परेको हो । यो सर्वसाधारणको लागि निष्काशन भएको शेयरको १.८७८ गुणा बढी हो ।

आवेदन भएकाे कित्ताका आधारमा सबै शेयर बिक्री भएपनि धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार प्रत्येक आवेदकलाई दश कित्ताका दरले बाँडफाँड गर्नुपर्ने हुन्छ। यसअनुसार तीन दिनको (आइतबारसम्म) तथ्याङ्कका आधारमा हरेक आवेदकले ४० कित्ता प्राप्त गर्ने देखिन्छ । सोमबार अन्तिम दिन पर्ने माग अनुसार कम्पनीको आईपिओ २० देखि ३० कित्तासम्म पाउने सम्भावना देखिन्छ ।

कम्पनीले निष्काशन गर्न लागेको आईपिओले रेटिङ्ग कम्पनी इक्रा नेपालले इक्रा एनएपि आईपिओ ग्रेड ५ प्रमाणपत्र प्राप्त गरेको छ । जसले कम्पनीको आधारभुत अवस्था अत्यन्त कमजोर रहेको जनाउँछ ।

हाइड्रोको शेयरमा नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाबाट ७७ जिल्लाबाट र मेरो शेयरबाट समेत आवेदन गर्न सकिन्छ । आवेदन दिँदा न्यूनतम ५० कित्तादेखि १० हजार कित्तासम्म माग गर्न सकिनेछ । 

घलेम्दी हाइड्रोको आईपिओ भर्ने सोमबार अन्तिम दिन, यस्ताे छ कम्पनी

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको घलेम्दी खोलामा ५ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । हाल संस्थापकहरुबाट ७० प्रतिशत बराबरको ३८ करोड ५० लाख चुक्ता भैसकेको छ । थप ३० प्रतिशत १६ करोड ५० लाख बराबरको पूँजी स्थानीय बासिन्दा र सर्वसाधारणलाई जारी हुने साधारण शेयरबाट प्राप्त हुँदा कम्पनीको कम्पनीको चुक्ता पूँजी ५५ करोड रुपैयाँ पुग्नेछ ।

आयोजनामा हुने साधारण लगानी फिर्ता हुन ८.७८ वर्ष समय लाग्ने कम्पनीले जनाएको छ । डिस्काउन्टमा लगानीमा फिर्ता हुन लाग्ने समयावधि २०.७० वर्ष रहेको छ ।यसअनुसार कम्पनीको साधारण शेयरमा लगानी गर्ने शेयरधनीले कम्तिमा ९ वर्ष लाभांशका लागि कुर्नुपर्ने देखिन्छ ।

जलविद्युत आयोजना निर्माण अन्तिम चरणमा पुगेको छ। पाँच मेगावाट क्षमताको उक्त आयोजनाको इन्टेक, सुरुङ, पेनस्टक, पाइप जडान र जलविद्युतगृह निर्माणको काम अन्तिम चरणमा पुगेको छ । ९० प्रतिशत बढी पूर्वाधार निर्माणको काम सकिएको बताइएको छ । आयोजनाले आगामी फागुनमा विद्युत उत्पादनको गर्नेगरि तयारी गरेको छ ।

घरापस्थित तातोपानी साना जलविद्युत् आयोजनाको सवस्टेशनमार्फत घलेम्दीको विद्युत केन्द्रीय प्रसारणलाइनमा उक्त विद्युत जडान गरिने जनाइएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।