डिल्ली अधिकारी बने नेपाल टेलिकमको प्रबन्ध निर्देशक

Jan 07, 2019 Merolagani

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा खुला प्रतिस्पर्धाबाट डिल्ली अधिकारी नियुक्त भएका छन् । पाँच महिनादेखि रिक्त प्रबन्ध निर्देशक पदपूर्तिका लागि तीन सिफारिस भएका थिए । सिफारिसमा परेका अन्य दुई प्रतिस्पर्धीलाई उछिन्दै अघिकारीले बजी मारेका हुन् ।

यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं नेपाल टेलिकमका अध्यक्ष महेन्द्र मान गुरुङ संयोजकत्वको समितिले डिल्ली अधिकारी, संगीता पहाडी अर्याल र बुद्धिप्रसाद आचार्यको नाम टेलिकमको प्रबन्ध निर्देशकका लागि सिफारिस गरेको थियो ।

सिफारिस समितिका सिफारिसबाट बिहीबारको मन्त्रिपरिषद् बैठकले टेलिकममा नै कार्यरत दशौं तहमा कार्यरत अधिकारीलाई प्रबन्ध निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

अधिकारी यसअघि प्रबन्ध निर्देशककै कार्यलयमा प्राविधिक सल्लाहकारको रुपमा कार्यरत रहेका थिए ।

अधिकारीलाई सूचना सञ्चार तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटासँग उनको खास निकटता रहेकोले टेलिकमभित्रै पनि उनलाई भावी प्रबन्ध निर्देशकको रुपमा हेरिँदै आइएको थियो ।

यसअघि निर्देशक रहेकी कामिनी राजभण्डारीलाई सरकारले साउन २९ गते बर्खास्त गरेपछि उक्त पद खाली थियो ।

टेलिकमको प्रबन्ध निर्देशकको लागि १० जनाको आवेदन परेकोमा छनौट समितिले ८ जनाको संक्षिप्त सूचीमा समावेश गरेर व्यवसायीक कार्ययोजना र अन्तवार्तामा बोलाएको थियो।

व्यवसायिक कार्ययोजनासहित अन्तर्वार्तामा बोलाइएका आवेदकहरुको प्रस्तुतिको आधारमा अधिकारी, पहाडी र आचार्यलाई समितिले सिफारिस गरेको थियो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।