सहारा विकास बैंकले घोषणा गर्यो बाेनस

Jan 07, 2019 Merolagani

सहारा विकास बैंक (SHBL) ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकको पुस २० गते बसेको सञ्चालक समितिको बैंठकले बाेनस वितरण गर्ने घोषणा गरेको हो ।

बैंकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट शेयरधनीलाई ८९ लाख ७८ हजार ३६० रुपैयाँ बराबरको बोनस शेयर र बोनस शेयर वापत लाग्ने कर प्रयोजन सहित चार लाख ७२ हजार ५४५ रुपैयाँ नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । 

 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएर बैंकको आगामी साधारण सभाले अनुमोदन गरेपछि मात्र शेयरधनीले पाउनेछन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।