नेपाल फर्निचर तथा फर्निसिङ संघमा नयाँ नेतृत्व

Jan 07, 2019 Merolagani

नेपाल फर्निचर तथा फर्निसिङ संघको १९ औं बार्षिक साधारणसभाले रुपेश प्रधानको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । संघको साधारण सभाले नयाँ कार्यसमितिका सबै पदाधिकारी निर्विरोध रुपमा चयन गरेको हो ।

संघको वरिष्ठ उपाध्यक्षमा शुभेन्द्र जोशी, उपाध्यक्षमा दिनेश अग्रवाल र मनिष अग्रवाल चयन भएका छन् । यसैगरी महासचिवमा ओम बस्नेत, कोषध्यक्षमा पूर्ण ब्रज्राचार्य, सचिवमा अर्जुन घिमिरे र सह कोषाध्यक्षमा सुष्मा लम्साल चयन भएका छन् ।

निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवाल सहित संघको १९ सदस्यीय कार्य समितिमा अरुण कुमार चौधरी, किरण वगिडिया, केदारनाथ बस्ताकोटी, योगेन्द्र कार्की, डम्बर पराजुली, रमिता श्रेष्ठ र दिल बिक्रम श्रेष्ठ सदस्यमा निर्वाचित भएका छन् । थप ३ जना सदस्य मनोनयन हुनेछ ।

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष डा. राजेशकाजी श्रेष्ठको प्रमुख आतित्थमा संचालन भएको साधारण सभाले संघको बार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा चालु आर्थिक बर्षको अनुमानित बजेट समेत पारित गरेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।