सहारा विकास बैंकको सूचीकरण एकाएक किन भयो खारेज ?

Jan 08, 2019 Merolagani

देव विकास बैंकसँग मर्जरको प्रकृयामा रहेको सहारा विकास बैंकलाई नेपाल स्टक एक्सचेञ्जले सूचीकरणबाट हटाएको छ । कम्पनीहरुले प्रवाह गर्ने सूचना सम्झौता अनुसारको हुन नसके पछि कम्पनीप्रति कडा रुपमा उत्रिएको नेप्सेले सहाराको शेयर सूचीकरण नै खारेज गरेको हो ।

नेप्सेका अनुसार सहारा विकास बैंकले घोषणा गरेको लाभांशको निर्णय धितोपत्र सूचीकरण विनियमावली २०७५ बमोजिम नभएकाले सूचीकरण खारेज गरिएको हो ।

लाभांसका सम्बन्धमा सूचना प्रकाशन गर्दा बैंकले सञ्चालक समितिको बैठक बसेको समय उल्लेख नभएको, लाभांश दिन लागिएको सम्बन्धीत आर्थिक वर्ष तथा दाखिला बन्द मिति अनुपात तथा शेयर कित्ता वा रकम समेत नखुलाएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

नेप्सेका अनुसार बैंकको शेयर यस अघि नै मर्जरका कारण रोक्का रहेकाले सूचीकरण खारेज गरिएको हो । यस विषयमा नेप्सेले सहारा विकास बैंकसँग २४ घण्टे स्पष्टीकरण पनि माग गरेको छ ।

बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई ८९ लाख ७८ हजार ३६० रुपैयाँ बराबरको बोनस शेयर र बोनस शेयर वापत लाग्ने कर प्रयोजन सहित चार लाख ७२ हजार ५४५ रुपैयाँ नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।