एशियन लाइफद्धारा ‘दम्पती सुरक्षा प्लस’ योजना सार्वजनिक, बीमाङ्कको साढे दुई गुणासम्म जोखिम बहन हुने

Jan 08, 2019 Merolagani

एशियन लाइफ इन्स्योरेन्सले बीमाङ्क रकमको साढे दुई गुणासम्म जोखिम बहन हुने ‘दम्पती सुरक्षा प्लस’ बीमा योजना सार्वजनिक गरेको छ । कम्पनीले समय सापेक्ष नविनतम जीवन बीमा योजना ल्याउने क्रममा पारिवारिक खुशीमा आर्थिक सुरक्षाको अनुभूती प्रदान गर्न यो बीमा योजना ल्याएको दाबी गरेको छ ।

यस योजनामा एउटै बीमालेखबाट श्रीमान/श्रीमती दुबैजनाको जोखिम बहन हुने र एउटै बीमालेखबाट श्रीमान/श्रीमति दुबैको बीमाङ्क रकमको साढे दुई गुणासम्म छुट्टाछुट्टै जोखिम बहन हुनेछ । न्युनतम ५० हजार रुपैयाँ देखि माथि जतिसुकै रकमको बीमा गर्न सकिने व्यवस्था रहेका एशियन लाइफले जनाएको छ ।

ठूलो बीमाङ्कको बीमा शुल्कमा छुट सुविधा समेत रहेको छ । दुर्घटना मृत्यु लाभ, स्थायी अपाङ्ग÷अशक्त सुविधा एवं बीमा शुल्क छुटको सुविधा छ । बीमा शुल्क मासिक, त्रैमासिक, अद्र्धवार्षिक तथा वार्षिक रुपमा भुक्तानी गर्न सकिनेछ ।

बीमा अवधि समाप्त हुने मितिसम्म दुबै बीमित जीवित रहेमा पूरै बीमाङ्क रकम र आर्जित बोनस भुक्तानी गरिने छ । बीमा अवधि भित्र दुईमध्ये एक बीमितको मृत्यु भएमा बीमाङ्कको १०० देखि २५० प्रतिशत रकम र आर्जित बोनस प्राप्त गर्न सकिन्छ । बीमा अवधिभित्र अर्को बीमितको पनि मृत्यु भएमा बीमाङ्कको १०० देखि २५० प्रतिशत रकम पाउनेछ् ।

यस्तै बीमा अवधि समाप्त हुने मितिसम्म दुईमध्ये एक बीमित मात्र जीवित रहेमा पूरै बीमाङ्क रकम फिर्ता पाउने कम्पनीले जनाएको छ ।

अधिकृत पूँजी ५ अर्ब रहेको कम्पनीको चुक्ता पूँजी १ अर्ब २५ करोड ६७ लाख रुपैयाँ छ । चालु आर्थिक वर्षको पहिलो त्रैमास सम्ममा कम्पनीकोजीवन बमिा कोषमा १३ अर्ब ८८ करोड ८५ लाख रुपैयाँ संचित छ । कम्पनीको हाल २९ वटा शाखा र ७७ वटा उपशाखा गरी १०६ वटा कार्यालयहरु छन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।