घलेम्दी हाइड्रोको आईपिओमा २.६४ गुणा बढी आवेदन,एक जनालाई न्यूनतम कति पर्ला ?

Jan 08, 2019 Merolagani

घलेम्दी हाइड्रोको आईपिओमा आबेदन गर्ने सबैले न्युनतम २० कित्ता शेयर पाउने निश्चित भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक भिबोर क्यापिटलका अनुसार २.६४ गुणा बढी आवेदन परेको छ ।

आबेदकको संख्या कम भएकोले न्युनतम २० कित्ता शेयर पाउने निश्चित भएको हो । कम्पनीले पुस १९ गतेदेखि एक सय रुपैयाँ अंकित दरमा १५ करोड ३३ लाख ७७ हजार रुपैयाँ बराबरको १५ लाख ३३ हजार ७७० कित्ता आईपिओ निष्काशनमा ल्याएको हो ।

कम्पनीको आईपिओमा ५४ हजार ८४३ आबेदनबाट ४१ लाख २२ हजार ४६० कित्ताको लागि आबेदन परेको बिक्री प्रबन्धक भिबोर क्यापिटलले जनाएको छ । आवेदनहरु प्रमाणिकरण गर्ने क्रममा रहेले यो आवेदन संख्यामा कमी आउन सक्ने बिक्री प्रबन्धक भिबोर क्यापिटल जनाएको छ ।

धितोपत्र निष्काशन तथा बिक्री नियमावली अनुसार सबै आवेदनलाई पहिलो चरणमा २० कित्ताका दरले ११ लाख १६ हजार ८६० कित्ता वितरण गरिने छ। बाँकी ४ लाख ३८ हजार ९१० कित्ता शेयर फेरी १० कित्ताका दरले वितरण गर्दा ४३ हजार ८९१ जनाले थप पाउनेछ ।

बिक्री प्रबन्धक भिबोर क्यापिटलका अनुसार एक साता भित्रै आईपिओ बाडफाँड हुनेछ । घलेम्दीले पहिलो चरणमा आयोजना प्रभावितका लागि निष्काशन गरेको अवितरित शेयर सहित कूल १५ करोड ५५ लाख ७७ हजार रुपैयाँ बराबरको १५ लाख ५५ हजार ७७० कित्ता शेयर निष्काशन गरेको हो ।

पचपन्न करोड रुपैयाँ जारी पूँजी रहेको आयोजनामा संस्थापकको ७० प्रतिशत अर्थात ३८ करोड ५० लाख लगानी रहेको छ । आयोजनामा स्थानीयबासिन्दा र सर्वसाधारणको गरि ३० प्रतिशत अर्थात १६ करोड ५० लाख रुपैयाँ लगानी रहने छ ।

कूल एक अर्ब १५ करोड रुपैयाँ लागत अनुमान गरिएको ५ मेगावाटको घलेम्दी जलविद्युत आयोजना म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निमार्ण भइरहेको छ । नब्बे प्रतिशतभन्दा बढी पूर्वाधार निर्माणको काम सकेको उक्त आयोजनाले आगामी फागुनमा विद्युत उत्पादनको तयारी गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।