न्यून रेटिङ गरेका कम्पनीले आईपिओ जारी गर्न नपाउने, आईपिओ र एफपीओमा पनि नयाँ नियम

Jan 09, 2019 mewrolagani

धितोपत्रबोर्डले पूँजी बजार सुधारकोलागि पहल कदम चालेको छ। बोर्डले पूँजीबजार सुधार र बिस्तारका लागि आवश्यक पर्ने नीति नियम संसोधन गरी कार्यान्यवनमा लगेको हो ।धितोपत्र बोर्डले कमजोर रेटिङ भएका कम्पनीहरूले आइपीओ जारी गर्न नपाउने व्यवस्था गरेको छ। रेटिङ संस्थाबाट न्यून ग्रेड वा रेटिङ गरेका कम्पनीले सार्वजनीक निष्काशन गर्न अब पाउने छैनन् ।

अब देखि न्यूनरेटिङ भन्दा एक स्तर माथिको रेटिङ प्राप्त गरेका कम्पनीले मात्र आइपीओ जारी गर्न सक्ने बोर्डले जानकारी गराएको छ ।

कम्पनीहरूले ऋणपत्र जारी गर्दा कम्तिमा ४०% प्राकृतिक व्यक्ति अर्थात सर्वसाधारणलाई छुट्याउनुपर्ने व्यवस्था गरेको छ । कुनै पनि कम्पनीको न्यूनतम भन्दा एक स्तर माथिको रेटिङ प्राप्त कम्पनीले पनि आइपीओ जारी गर्दा सबै शेयरको प्रत्याभूति गर्नुपर्ने व्यवस्था छ । यसअघि सबैभन्दा न्यून रेटिङ प्राप्त गरेको आइपीओमा मात्र सम्पूर्ण शेयरको प्रत्याभूति गर्नुपर्ने व्यवस्था रहेको थियो ।

आइपीओको प्रिमियम निर्धारण गर्दा अब नेटवर्थको दुई गुणासम्म कायम गर्न सकिने व्यवस्था बोर्डले गरेको छ । यसअघि नेटवर्थको चार गुणासम्म भाउ राखेर आइपिओ शेयर जारी गर्न पाइने व्यवस्था थियो । जसका कारण अब देखि एफपिओ खरिद गर्दा सस्तो मूल्यमा खरिद गर्न सकिने भएको हो ।

कम्पनीहरूले एफपीओको प्रिमियम भाउ पनि प्रतिशेयर नेटवर्थ भन्दा बढी हुने छैन् । यसअघि नेटवर्थको चार गुणासम्म बढी भाउ राखेर एफपीओ जारी गर्न सक्ने व्यवस्था रेहको थियो ।

हेर्नुहाेस बाेर्डकाे नयाँ नियम

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।