दुनियाँको सबैभन्दा ठूलो कम्पनी बन्यो अमेजन, ७९६.८ अर्ब डलर पुग्यो बजार पूँजीकरण

Jan 09, 2019 agency

माइक्रोसफ्टलाई पछि पार्दे अमेजन पहिलोपटक दुनियाँको सबैभन्दा धेरै बजार पूँजीकरण भएको कम्पनी बनेको छ । सोमबार अमेरिकी शेयर बजार बन्द हुदाँ अमेजनको बजार पूँजीकरण ७९६.८ अर्ब डलर रूपैयाँ रह्यो ।
जबकि केही समय पहिले मात्र सबैभन्दा टपमा रहेको माइक्रोसफ्टको बजार पूँजीकरण ७८३.४ अर्ब डलर रह्यो ।

सबैभन्दा धेरै बजार पूँजीकरण भएको कम्पनीमा तेस्रो नम्बरमा अल्फाबेट र चौथोँ नम्बरमा एप्पल रहेका छन् ।
गत बर्ष सेप्टेम्बरमा अमेजनको बजार पूँजीकरण १ ट्रिलियन डलर अर्थात् ११२ लाख करोड रूपैयाँ पुगेको थियो । तर शेयर बजारमा लगातार आएको गिरावट कारण अमेजनको बजार पूँजीकरण तल झरेको थियो ।

अमेजनका लागि नयाँ बर्षको सुरूवात राम्रो भएको छ । यसको शेयर सोमबार ३.४ प्रतिशतले बढेर बजार बन्द भएको थियो । यो सँगै अमेजनको शेयर मूल्य २१ बर्षमा ९० गुणा पुगेको छ । १५ मे १९९७ मा १८ डलरमा अमेजनको शेयर सूचीकरण भएको थियो । हाल यो एक हजार ६२९.५१ डलर पुगेको छ । आईपिओमा १००० डलर लगानीको मूल्य अब ८ लाख ९६ हजार डलरभन्दा बढी भएको छ ।

लगातार ७ बर्ष दुनियाँको सबैभन्दा बढी बजार पूँजीकरण भएको कम्पनीका ?पमा रहेको एप्पल गतबर्ष डिसेम्बरमा माक्रोसफ्टभन्दा पछाडि परेको थियो । हाल ७०१.१ अर्ब डलर बजार पूँजीकरणका साथ एप्पल चौँथो नम्बरमा रहेको छ ।

एजेन्सी

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।