'विकास बैंकहरुको निक्षेप जोखिममा छैन, 'पूमाेरी' समस्यारहित होइन'

Jan 09, 2019 Merolagani

नवीन ढुंगाना । केही वाणिज्य बैंक र ३३ विकास बैंकको अन्तर बैकिंङ्ग प्रणालीमा सफ्टवेर कमजोरीले निम्त्याउन सक्ने समस्याबारे डेभलपमेन्ट बैंकर्स एशोसिएसनले चासो देखाएको छ । प्रविधि मैत्री बन्न प्रयास गर्दा केही समस्या देखिने गरे पनि विकास बैंकहरुमा रहेको जनताको निक्षेपको सुरक्षामा प्रश्न गर्नु पर्ने अवस्था नरहेको एशोसिएसनले दावी गरेको छ ।

एशोसिएसनका निमित्त अध्यक्ष गोविन्द प्रसाद ढकालले मेरोलगानीसंग कुरा गर्दै अप्रत्यशित रुपमा देखिएका समस्या तत्काल समाधान गर्दै बैंकहरु अगाडी बढ्ने गरेको बताए ।

विकास बैंकको क्षमता अनुसार प्रयोग भएको सफ्टवेर पूमरी समस्यारहित नभए पनि सफ्टवेरकै कारण जनताको लगानी र निक्षेप असुरक्षित नहुने निमित्त अध्यक्ष ढकालले प्रष्ट पारे ।

केही समस्याहरु सफ्टवेरको कमजोरीबाट भई हाले पनि त्यसलाई तत्काल क्षतिबाट जोगाउन दैनिक नियमनमा कडाई गर्न बैंकहरुले पहल थालेको ढकालको भनाई थियो ।

कुनै पनि समस्यामा प्रविधिको कमजोरी देखाएर बैंक प्रशासन उम्कन नसक्ने भन्दै ढकालले हरेक दिनको अन्तर बैंकिङ्ग गतिविधिमा कडा निगरानी बढाउन सबै विकास बैंक लागि परेको जानकारी दिए ।

 

मेराेलगानीकाे प्रकाशित गरेका सम्बन्धित समाचारहरू

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।