शुभम पावरको आइपिओले पायाे खराब रेटिङ्ग, धिताेपत्र बाेर्डकाे नयाँ निर्देशनले असर पार्ला !

Jan 09, 2019 Merolagani

शुभम पावरले निष्काशन गर्न लागेको आइपिओलाई सबै भन्दा खराब रेटिङ पाएको छ । कम्पनीले सर्वसाधारणको लागि निष्काशन गर्न लागेको ५ करोड ८० लाख कित्ता शेयरलाई इक्रा नेपालले ‘इक्राएनपि आइपिओ ग्रेड ५’ रटिङ्ग दिएको हो । यसले कम्पनीको वित्तीय अवस्था कमजोर रहको जनाउँदछ ।

मंगलबार मात्रै धितोपत्र बोर्डले खराब रेटिङ्ग पाएको कम्पनीलाई आइपिओ निष्काशनमा अनुमति नदिने निर्देशन जारी गरेको छ । तर शुभम पावरले बोर्डबाट यस अघि नै अनुमति पाईसकेको हुनाले शेयर निष्काशन गर्न नयाँ निर्देशनले असर नगर्ने धितोपत्र बोर्डले जनाएको छ।

कम्पनीले यसअघि स्थानीयलाई निष्काशन गरेको पुरै शेयर बिक्री नभएपछि बाँकी रहेको एक लाख ८० हजार ५८० कित्ता समेत गरी ५ करोड ८० लाख कित्ता शेयर निष्काशनमा ल्याउने तयारी गरेको हो ।

कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रवन्धकमा सीबीआईएल क्यापिटलाई नियुक्त गरिसकेको छ । दुई चरणको आईपिओ पश्चात कम्पनीको चुक्तापूँजी २० करोड रुपैयाँ पुग्ने छ । जसमा संस्थापकको ७० र सर्वसाधारणको ३० प्रतिशत हिस्सा हुनेछ । कम्पनीले संखुवासभामा करिब एक मेगावाट क्षमताको पिलुवाखोला जलविद्युत आयोजना सम्पन्न गरी ०६८ साउन १ गतेदेखि बिजुली उत्पादन गरिरहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।