वन तथा वातावरण मन्त्रालयका सह-सचिव विरुद्ध अकुत सम्पत्ति आर्जन आरोपमा मुद्धा दायर

Jan 09, 2019 Merolagani

यातायात व्यवस्था विभागका तत्कालिन महानिर्देशक चन्द्रमान श्रेष्ठ विरुद्ध अख्तियारले भ्रष्टाचार मुद्धा दायर गरेको छ । श्रेष्ठ हाल वन तथा बातावरण मन्त्रालयमा सह सचिवको भूमिकामा छन् । यातायात व्यवस्था विभागमा बहाल रहँदा पदको दुरुपयोग गरी आर्जन गरेको १ एक करोड ३४ लाख रुपैयाँको आम्दानी स्रोत पुष्टी नभएको अख्तियारले जनाएको छ ।

जागिरे भएको दिन देखि हालसम्म श्रेष्ठले दुई करोड दश लाख सतहत्तर हजार चार रूपैयाँ सोह्र पैसा आय आर्जन गरेको अख्तियारको अनुसन्धानबाट फेला परेको थियो ।

सोही अवधिमा श्रेष्ठ तथा उनको परिवारका सदस्यहरूको चल अचल सम्पत्ति सिर्जना एवं सवारी खरिद, शेयर लगानी, शिक्षा, विदेश भ्रमण, बैङ्क मौज्दात लगायतका शीर्षकहरुमा समेत गरी तीन करोड चवालीस लाख सतहत्तर हजार पाँच सय असी रूपैयाँ बयानन्वे पैसा खर्च गरेको देखिंदा वैध आयको तुलनामा एक करोड चौतीस लाख पाँच सय छयहत्तर रुपैयाँ छयहत्तर पैसा बराबरको सम्पत्तिको स्रोत नखुलेको अख्तिायारको आरोप छ ।

श्रेष्ठको सम्पत्ति विवरण अमिल्दो र अस्वाभाविक देखिएको र वैध आयको तुलनामा स्रोत खुल्न नसकेको एक करोड चौतीस लाख पाँच सय छयहत्तर रुपैयाँ छयहत्तर पैसा भ्रष्टाचार भएको अख्तिायारको अनुसन्धानबाट देखिएको साहायक प्रवक्ता मदन कोइरालाले जानकारी दिए ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।