भाटभटेनीमा देवः विकास विकास बैंकको एटिएम सञ्चालन

Jan 09, 2019 Merolagani

देवः विकास विकास बैंकले  काठमाडौंको भाटभटेनी स्थित भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेण्टल स्टोर्स परिसरमा एटिएम सञ्चालनमा ल्याएको छ । बैंकले सरल, सुलभ र सुरक्षित बैकिङ्ग सेवा प्रदान गर्ने क्रममा एटिएम सञ्चालनमा ल्याएको बताएको छ ।

एनइपिएसको सञ्जालमा आवद्घ उक्त इएमभि प्रविधिको मेशिनमा भिजा कार्ड लगायत अन्य स्वदेशी तथा विदेशी एटिएम कार्डहरू प्रयोग गर्न सकिने बैंकले दाबी गरेको छ ।

साथै देवः विकास बैकबाट जारी इएमभि भिजा कार्डहरू अन्य बैंकहरूको भिजा नेटवर्कमा आवद्घ एटिएममा प्रयोग गर्दा कुनै पनि कारोबार शुल्क नलाग्ने व्यवस्था रहेको बैंकले जनाएको छ ।

comments powered by Disqus

सिटिजन्स र एक्सिस बैंक भारत बीच रेमिटेन्स सम्झौता

Jan 22, 2019

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र एक्सिस बैंक लिमिटेड, भारतबीच विप्रेषण सम्बन्धी सम्झौता भएको छ। यस अनुसार एक्सिस बैंक मार्फत भारतबाट नेपालमा रहेका आफन्त वा अन्य व्यक्तिहरुले भुक्तानी पाउने गरी पठाएको विप्रेषण रकम बैंकको ८१ वटा शाखाहरुबाट सहज रुपमा भुक्तानी पाउन सकिनेछ।