नेप्सेले लघुवित्तको १० प्रतिशत बोनसलाई समायोजन गरि प्रतिकित्ता शेयरमूल्य ५८२ रुपैयाँ ७३ पैसा निर्धारण गरेको छ । बिहीबार नेरुडेको शेयर कारोबार समायोजित मूल्यलाई आधार मानेर खुलेको छ ।
कम्पनीको नेप्सेमा कारोबार भएको १८० दिनको शेयरमूल्यका आधारमा औसत आधारमूल्य ४६१ रुपैयाँ ८६ पैसा तोकिएको छ ।
लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद वितरण गर्ने विशेष प्रस्ताव पारित गर्ने एजेण्डा राखेर माघ ११ गते सत्रौं वार्षिक साधारण सभा आह्वान गरेको छ ।
लघुवित्तले लाभांश वितरण र साधारण सभा प्रयोजनका लागि पुस २६ देखि बुक क्लोज गरेकाले पुस २५ गतेसम्म कायम रहने शेयरधनीले मात्र लाभांश र सभामा प्रतिनिधित्व जनाउन सक्नेछन् ।
बोनस पश्चात लघुवित्तको चुक्ता पूँजी ७७ करोड ३४ लाख १० हजार ४४१ रुपैयाँ पुग्नेछ । लघुवित्तको सत्रौं वार्षिक साधारण सभा माघ ११ गते भरतपुर गार्डेन रिसोर्ट, भरतपुर चितवनमा बिहान ११ बजे बोलाइएको छ ।