२० वर्षमा पहिलोपटक चीनमा कारको बिक्री घट्यो

Jan 10, 2019 Agency

विश्वको सबैभन्दा ठूलो सवारी बजारका रूपमा रहेको चीनमा कारको बिक्रीमा २० बर्षमा पहिलोपटक गिरावट देखिएको छ। चाइना पेसेन्जर कार एसोशिएसन (सीपीसीए) का अनुसार सन् २०१८ मा कारको बिक्री ६ प्रतिशतले घटेर २२.७ मिलियन यूनिटमा झरेको छ ।

चीनको अर्थव्यवस्थामा मन्दी आएका कारण विश्वभरका कार निर्माता कम्पनीहरूको उत्पादनमा समेत प्रत्यक्ष प्रभाव परेको छ । यसैबीच चीनको सबैभन्दा सफल कार निर्माता कम्पनी जेलीले यो वर्ष बिक्री बढ्ने अनुमान लगाइरहेको छ ।

फोर्ड, भोक्सवेगन, जगुआर ल्याण्ड रोभर र जनरल मोटर्स जस्ता विदेशी कार निर्माताहरूले पनि विगत केहि महिनादेखि चीनमा आफ्नो उत्पादन बिक्रीमा गिरावटको सामना गरिरहेका छन् ।

सरकारद्धारा समर्थित उद्योग समूह चाइना एसोसिएसन अफ अटोमोबाइल मेनुफ्याक्चर्स (सीएएएम) ले गत महिना अमेरिकाका साथ चीनको व्यापार युद्धका कारण देखाउँदै आर्थिक परिवर्तन र अन्तर्राष्ट्रिय कारण कारको विक्रीमा मन्दी देखिएको आरोप लगाएको छ ।

गत वर्ष चीन र अमेरिका दुवै देशले एक अर्काको सामानमा अर्बौं डलर बराबरको कर लगाएका थिए ।

यद्यपी चीनको राष्ट्रिय विकास र सुधार आयोग (एनडीआरसी) का अनुसार, यी कारहरूका साथै घरेलु उपकरणहरूमाथि उपभोक्ताहरूको खर्चलाई बढावा दिनका लागि नीति प्रस्तुत गर्ने योजना बनिरहेको छ ।

एनडीआरसीले अझै पनि कारको अधिक विक्रीको सम्भावना रहेको भन्दै ग्रामीण कार खरिद कार्यक्रमको सुरूवात वा कारकोबिक्रीमा करको कटौतिबाट कारको विक्रीमा मद्दत मिल्ने बताएको छ ।

एजेन्सी

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।