स्वावलम्बन लघुवित्तको ३६.८४ प्रतिशत लाभांश पारित

Jan 10, 2019 Merolagani

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको बिहीबार काठमाडौंमा सम्पन्न भएको १७ औं वार्षिक साधारण सभाले शेयरधनीलाई २५ प्रतिशत बोनस र ११.८४ प्रतिशत नगद गरी ३६.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै, यसै साधारण सभाले जारी तथा चुक्ता पूँजी ७० करोड २४ लाख ७१ हजार ३९३ रुपैयाँ कायम गर्ने निर्णय समेत गरेको छ ।

सञ्चालक समितिका अध्यक्ष राम कुमार श्रेष्ठको अध्यक्षतामा बसेको सभाले आ.व. २०७४/७५ को वासलात, नाफा–नोक्सान हिसाब लगायत अन्य वित्तीय विवरण समेत पारित गरेको छ ।

यस्तै सभाले वित्तीय संस्थाको सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने रिक्त सञ्चालक पदमा बाँकी अवधिको लागि विष्णु प्रसाद त्रिपाठीलाई सञ्चालकमा निर्बिरोध निर्वाचित गरेको छ ।

वित्तीय संस्थाले आर्थिक वर्ष २०७४/७५ मा ३४ करोड ३० लाख ४९ हजार ७२५ रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो।

यस अवधिसम्ममा वित्तीय संस्थाको लगानीमा रहिरहेको कर्जा रकम ११ अर्ब २६ करोड ४२ लाख १६ हजार पुगेको छ । वित्तीय संस्थाको आन्तरिक पूँजी निर्माणमा सहयोग पुग्ने सदस्यको बचत यस अवधिसम्ममा ६ अर्ब ३४ करोड ९२ लाख ४० हजार रहेको छ ।

चालु आ.व.को मंसिर मसान्तसम्म ५७ जिल्लाका १२८ शाखा÷उपशाखा कार्यालय तथा ९ वटा इलाका कार्यालयबाट २ लाख २८ हजार १ सय १९ महिला ग्राहक सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।

राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाका रुपमा कारोवार गरिरहेको र वित्तीय पहुँच कम रहेका देशका विभिन्न हिमाली तथा पहाडी ग्रामीण क्षेत्रमा कार्यक्षेत्र विस्तारको योजना साथ अगाडि बढेको छ ।

मंगलबार तीन कम्पनीको शेयरमूल्य समायोजन

स्वावलम्बन लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, बोनसपछि एफपिओ जारी गर्ने

स्वावलम्बन लघुवित्तले साढे १० करोडको एफपिओ जारी गर्ने

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।