हिमालयन हाइड्रो एक्स्पो माघ ४ गतेदेखि सुरु हुने, हाइड्रो टुरिजम मार्फत नेपाल चिनाइने

Jan 10, 2019 Merolagani

दोस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पोमा सहभागी हुनेहरुको स्टल बुकिङ्गको काम सम्पन्न भएको छ । एक्स्पोमा ८५ बढी प्रदर्शकहरुले सय बढी स्टल बुकिङ्ग गरेका छन् । एक्स्पोको उद्घाटन आगामी माघ ४ गते बिहान ११ बजे उपराष्ट्रपति नन्दबहादुर पुनले गर्नुहुनेछ ।

राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजक संस्थाहरुले उपराष्ट्रपति पुनले एक्स्पो उद्घाटन गर्ने जानकारी दिएका हुन् । 

जलविद्युतका क्षेत्रमा नयाँ आयाम थप्ने लक्ष्यका साथ माघ ४ देखि ६ गतेसम्म चल्ने एक्स्पोको भौतिक तयारीको कामलाई तिब्र पारिएको पनि आयोजकले जनाएको छ ।

यो एक्स्पोले हाइड्रो टुरिजममा नेपाललाई विश्व बजारमा चिनाउन पनि महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।

एक्स्पोलाई स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेण्ट मेनेजमेण्ट सर्भिसेज प्रालिले संयुक्त रुपमा आयोजना गर्न लागेका हुन् । पत्रकार सम्मेलनमा इप्पानका अध्यक्ष शैलेन्द्र गुरागाईले स्वदेशी मात्र नभई उल्लेख्य मात्रामा विदेशी प्रदर्शकहरुको सहभागिताले आफुहरुलाई उत्साहित बनाएको बताए ।

चीन, भारत, अष्ट्रिया, कोरीया, स्वीडेन, जर्मनी, बुल्गेरिया लगायत मुलुकका जलविद्युत क्षेत्रसँग सम्बन्धित कम्पनीहरु एक्स्पोमा सहभागि हुँदैछन । यसै गरी एक्स्पोमा सहभागि भएर जलविद्युत आयोजना अवलोकन गर्न चाहनेहरुलाई हेलिकप्टरमार्फत विभिन्न आयोजनाको स्थलगत अवलोकन गराइने व्यवस्था समेत गरिएको छ ।

‘हाम्रो जलविद्युत विकासको लक्ष्यलाई साकार पार्न यो एक्स्पोले झण्डै दर्जन मुलुकहरुसँग नयाँ नयाँ विषयमा जानकारी आदान प्रदान गर्नुका साथै प्राविधिक तथा प्रत्यक्ष लगानी भित्र्याउन टेवा पुग्ने विश्वास हामीले लिएका छौं ।’ इप्पानका अध्यक्ष गुरागाईले पत्रकार सम्मेलनमा भने ।

एक्स्पोको अर्को आयोजक संस्था एक्स्पो एण्ड इभेण्ट मेनेजमेण्ट सर्भिसेज प्रालिका प्रबन्ध निर्देशक विजयसागर प्रधानका अनुसार जलविद्युत प्रवर्धक, इक्युपमेन्टस सप्लायर, लगानीकर्ता, बैंक तथा बीमा लगायत जलविद्युतमा नयाँप्रविधि र निर्माणसँग सम्बन्धित विविध क्षेत्रका गरी ८५ भन्दा बढी प्रदर्शकले सय बढी स्टल बुक गरेका छन् ।

‘विशेष गरी जलविद्युत आयोजना निर्माणमा प्रयोग हुने यन्त्र, उपकरण तथा सामग्रीसँग सम्बन्धित कम्पनीहरुको धेरै सहभागिता एक्स्पोमा हुने भएको छ । यसका अलावा विद्युत उत्पादक तथा सम्बद्ध पक्षको जमघट, जानकारी सम्प्रेषण, विषयगत प्रविधिक सेमिनार, कलेजस्तरीय हाइड्रो प्रोडक्ट एण्ड सर्भिस कम्पिटिशनका साथै रोबो हाइड्रो कम्पिटिसन र जलविद्युत क्षेत्रका पछिल्ला प्रविधिको प्रदर्शनी एक्स्पोका मुख्य विधागत क्षेत्र हुन् ।’ विजयसागर प्रधानले भने ।

एक्स्पोको संरक्षकमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय र राष्ट्रिय योजना आयोग रहेका छन् । साथै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श, निर्माण व्यवसायी महासंघ, नेपाल बैंकर्स संघ तथा युथ कम्युनिटी फर नेप्लिज कन्ट्रयाक्टर्सले एक्स्पोलाई अनुमोदन गरेका छन् । नेपाल पर्यटन बोर्डले एक्स्पोलाई प्रवर्द्धन गर्नेछ ।

नेपाल इण्डिया चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रिज, नेपाल जर्मन चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रीज, युरोपियन इकोनोमिक चेम्बर, हाइड्रो निड्स प्रालि, काठमाण्डू युनिभर्सिटी,टनेलिंग प्रोशेस इन्नोभेसन इन नेपाल, लिटिल स्टार रेकर्डस, बी फोरेस प्रालि, एक्जिविशन लाइट हाउस, एस इभेण्ट एण्ड मार्केटिङ्ग, एबिबि इण्डिया लिमिटेड, नेपाल वाटर एण्ड इनर्जी डेभलपमेण्ट कम्पनी, भ्यापटेक बुल्गेरिया लगायत एक्स्पोका सपोर्टर रहेका छन् ।

एक्स्पो अवधिमा हाइड्रोपावरका मुख्य विषयमा दैनिक तीनवटा सेमिनार आयोजना गरिनुका साथै युवा पुस्तालाई लक्षित गरि हाइड्रोपावर क्षेत्रमा अभिरुची भएकालाई प्रोत्साहित गर्न हाइड्रोसम्बन्धी विभिन्न प्रतिष्पर्धात्मक कार्यक्रम आयोजना गरिने छ ।

हाइड्रोपावरसम्बन्धि उत्पादन र सर्भिसको विकासमा प्रतिस्पर्धा गराइ विद्यार्थी र नयाँ आविस्कार गर्ने मध्येबाट उत्कृष्ट छनोट गरी पुरस्कार समेत प्रदान गरिने आयोजकले जनाएको छ । यसै गरी एक्स्पोमा रोबोटिक प्रतियोगिता गराई विजेतालाई पनि पुरस्कार वितरण गरिनेछ ।

एशियन पेन्ट्स, रेष्ट्रोलोजी, होटल हिमालय, भाया नेट, प्रिमियर इन्स्योरेन्स र नेपाल शपिङ्ग एण्ड एयर लजिष्टिक प्रालि एक्स्पोको अफिसियल पार्टनर रहेका छन् । एक्स्पोलाई विश्व बैंक समुहको आईएफसिले सह-प्रायोजन गरेको छ ।

जलविद्युतसँग सम्बन्धित विभिन्न क्षेत्रका सरोकारवालको सहभागिताले एक्स्पोस्थल बजार विस्तारका साथै अनुभव आदान प्रदान गर्ने मुख्य केन्द्र बन्ने विश्वास लिइएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।