उक्त सम्झौता अनुसार वल्ड रेमिट लिमिटेड मार्फत कतार, साउदी अरब, युएई, कुबेत, जापान, क्यानडा, अष्ट्रेलिया, न्युजल्याण्ड, बेलायत, अमेरिका, र युरोप लगायत विभिन्न ५० भन्दा बढी देशमा रहेका नेपालीहरुले नेपालमा रहेका आफन्तहरु वा अन्य व्यक्तिहरुले तुरुन्त भुक्तानी पाउने गरी पठाएको विप्रेषण रकम यस बैंकका मुलुकभर फैलिएको २७० वटा शाखा कार्यालयहरु तथा ६,७०० भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिने छ ।
वर्ल्ड रेमिट को ग्राहकमहानुभावहरुले एजेन्टका मार्फत विप्रेषण सेवा नलिकन आफै आफ्नो मोबाईल मार्फत परिवार तथा साथीहरुलाई तुरुन्त भुक्तानी पाउने गरी पैसा पठाउन सक्नुहुनेछ । यो सेवाले ग्राहकमहानुभावहरुको समय तथा पैसाको बचत हुनेछ ।
वर्ल्ड रेमिटको न्यूनतम शुल्क तथा ठूलो साझेदार विस्तारका कारण नेपालमा आउने वल्ड रेमिट मार्फतका कारोवार वार्षिक १६० प्रतिशतले वृद्घि भइरहेको छ । वर्ल्ड रेमिटले आफ्ना ग्राहकवर्गहरुलाई आफ्नो परिवार तथा साथीहरुलाई विभिन्न माध्यम जस्तै क्यास पिकअप तथा बैंक ट्रान्सफरद्वारा पैसा पठाउने सेवा दिईरहेको छ ।
एनआईसी एशिया बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २७० शाखा कार्यालयहरु, २८९ एटिएम, ३७ वटा एक्स्टेन्सन काउण्टर एवं २२ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।