नेपाल बंगलादेश बैंककाे लाभांश पारित, ब्रोकर सम्बन्धी कार्य गर्न बाटाे खुल्याे

Jan 10, 2019 Merolagani

नेपाल बंगलादेश बैंक (NBB) काे पुस २६ गते सम्पन्न चौविसौं वार्षिक साधारण सभाले सञ्चालक समितिले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको १०.५३ प्रतिशत नगद लाभांश पारित गर्दै प्रबन्धपत्र संसाेधन गरेर सहायक कम्पनी स्थापना गरि धितोपत्र कारोबार (स्कट ब्रोकर) सँग सम्बन्धि सम्पुर्ण कार्य गर्ने व्यवस्था थप गरेकाे छ।

बैंकको साधारण सभाले बैंकको प्रबन्धपत्र तथा नियमावली समेत स.सोधन गरेको छ। प्रबन्धपत्रमा सम्बन्धित नियामक निकायको स्वीकृति लिएर सहायक कम्पनी स्थापना गरी धितोपत्र कारोबार (स्कट ब्रोकर) सँग सम्बन्धि सम्पुर्ण कार्य गर्ने गरी बैंक सञ्चालक समितिका अध्यक्ष जलाल अहमदको सभापतित्वमा सम्पन्न भएको उक्त सभाले बैंकको उद्देश्य सँग सम्बन्धित प्रबन्धपत्रमा रहेका दफाहरुको संशोधन पनि स्वीकृत गरेको छ ।संशोधन गरिएको हो । 

यससँगै अब बैंकलाइ धितोपत्र कारोबार सम्बन्धि काम गर्नका लागि एक चरणकाे बाटाे खुला भएकाे छ । नियामक निकायबाट अनुमति प्रदान भएपछि बैंकले ब्राेकर सेवा प्रदान गर्न पाउनेछ । बैंकले आफ्ना ग्राहकहरु लगायत सबैलाई आगामी दिनमा मर्चेन्ट बैंकिङ्ग तथा स्टक ब्रोकर सेवा दिने उद्देश्यले सहायक कम्पनी स्थापना गर्ने जानकारी गराएको छ । 

गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित चुक्ता पुँजीको १०.५३ प्रतिशत अर्थात ८५ करोड १३ लाख ९९ हजार ९१९ रुपैयाँ नगद लाभांश लाभांश पारित गरेको हो । यससँगै अब शेयरधनीलाइ लाभांश वितरणकाे गर्न बाटाे खुलेकाे छ । साधारण सभा गर्नका लागि बैंकले पुस १५ गते बुकक्लोज गरेको छ । यसअनुसार पुस १४ गतेसम्म कायम शेयरधनीले मात्र लाभांश पाउनेछन् । 

हाल आठ अर्ब आठ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २२ करोड रुपैयाँ भन्दा बढी वितरणयोग्य मुनाफा आर्जन गरेको छ । यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ९४ पैसा, प्रतिशेयर नेटवर्थ १५०.२४ रुपैयाँ र मूल्य आम्दानी अनुपात २० गुणा बढी छ

गत आर्थिक वर्षमा बैंकले १ अर्ब १४ कराेड रूपैयाँ खुद मुनाफा आर्जन गरेको थियो भने निक्षेप परिचालन ४८.०५ अर्ब, कर्जा परिचालन ४३.१३ अर्ब रहेको थियो ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।