सानिमा लाईफ इन्स्योरेन्सको काठमाडौंमा र ललितपुरमा ३ शाखा विस्तार

Jan 10, 2019 Merolagani

सानिमा लाईफ इन्स्योरेन्स (SLI) ले काठमाडौंमा र ललितपुरमा ३ शाखा कार्यालयको विस्तार गरेको छ । कम्पनीले काठमाण्डौंको गोङ्गबु, कीर्तिपुर र ललितपुरको ग्वार्कोमा शाखा विस्तार गरेको हो ।

काठमाडौं महानगरपालिका गोङ्गबु शाखा कार्यालयको उद्घाटन सानिमा लाईफ इन्स्योरेन्स सञ्चालक भरतबहादुर थापाले गरेका हुन् । कीर्तिपुर शाखा कार्यालयको उद्घाटन सानिमा लाईफ इन्स्योरेन्स अध्यक्ष गंगाराम महर्जन र सञ्चालक घनश्याम थापाले संयुक्त रुपमा गरेका थिए ।

इन्स्योरेन्सको ललितपुरको ग्वार्कोमा विस्तार भएको शाखाको इन्स्योरेन्सका सञ्चालक घनश्याम थापाले उद्घाटन गरेका छन् ।

उक्त अवसरमा सद्भावना दुत कलाकार जीतु नेपाल, कम्पनीका महा प्रबन्धक शिवराम तिमल्सिना, कम्पनीका नायव महा प्रबन्धक केशवराज केसी, मुख्य प्रबन्धक गणेश चौलागाई, वरिष्ठ प्रबन्धक गुणराज श्रेष्ठ, प्रबन्धक उषा खतिवडा समेतको उपस्थिति रहेको थियो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।