प्रकृया मिचेर अर्थमन्त्रालयले नियुक्त गर्यो बीमा कम्पनीमा प्रमुख कार्यकारी, भन्छन् 'नतिजा देखाउँछु'

Jan 10, 2019 Merolagani

अर्थ मन्त्रालयको ठाडो आदेशमा राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारीमा डिल्लीराज अर्याल नियुक्त भएका छन् । सञ्चालक समिति एकाएक नियुक्ति प्रकृयाबाट पछि हटेर अर्थ मन्त्रालयको शरणमा पुगे पछि मन्त्रालयले प्रकृया मिचेर अर्याललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

बीमा कम्पनी व्यवस्थापन स्रोतका अनुसार मन्त्रालयबाट नियुक्तिको पत्रसँगै बिहीबार नै अर्यालले कम्पनीमा प्रमुख कार्यकारी अधिकृतको रुपमा हाजिर गरेका छन् । व्यस्थापन स्रोतका अनुसार कम्पनीमा प्रमुख कार्यकारीको अर्को व्यवस्था नभईञ्जेलका लागि अर्याललाई मन्त्रालयले अन्तिरिम समयका लागि सञ्चालकसँगै प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी थप गरेको हो ।

तर बीमा कम्पनीको वेबसाइटमा भने अर्याललाई कम्पनी सञ्चालकबाट हटाएर प्रमुख कार्यकारी अधिकृतका रुपमा मात्र देखाइएको छ । योसँगै कम्पनी सञ्चालकहरुको संख्या अध्यक्ष उमेशचन्द्र उपाध्यायसहित ५ जनामा सिमित भएको छ ।

अर्याल यस अघि अर्थमन्त्रालयका तर्फबाट बीमा कम्पनीको सञ्चालकका रुपमा खटाइएका थिए ।

यस अघि मेरोलगानीले कम्पनी सञ्चालक समितिले माघ २२ गतेसम्ममा प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्न सक्ने भनी उपसमितिबाट सुझाव लिएको थियो । तर उक्त सुझावलाई पाखा लगाउँदै सञ्चालक समितिले तत्कालका लागि मन्त्रालयलाई नै प्रमुख कार्यकारी नियुक्त गर्न लगाउने निर्णय गरेको थियो ।

पुरानो सामग्री हेर्नुहोस् ।

...[राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी नियुक्तिमा 'मन्त्रालय' को प्रवेशले बखेडा]...


के भन्छन् नयाँ प्रमुख कार्यकारी ?

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत डिल्ली अर्यालसमक्ष सञ्चालकको भूमिकामा रहँदादेखि कम्पनीका समस्या समाधान गर्ने चुनौती छ । साथै अन्तरिमकालका लागि मात्र अर्थ मन्त्रालयले उनलाई प्रमुख कार्यकारीको जिम्मेवारी दिएकाले प्रकृयाबाट नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्नु पर्ने जिम्मेवारी पनि अब अर्यालको काँधमा आएको छ ।

त्यसै गरी गत आर्थिक वर्षमा प्रस्ताव गरिएको १२० प्रतिशत बोनस शेयरलाई चैत मसान्तसम्ममा अर्को साधारण सभा गरेर बितरण गर्ने भनी बाँडिएको आश्वासन कार्यान्वायनको जिम्मेवारी पनि अर्यालमा आएको छ । यसका लागि अर्यालले आफ्नो नेतृत्वमा बक्यौता वर्षहरुको हिसाब मिलान गर्दै कम्पनीलाई स्वस्थ बनाउँछन् वा नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्तिको प्रकृयालाई तिब्रता दिएर काम सुम्पिन्छन् भन्ने चासो लगानीकर्तामा बढेको छ ।

उल्लेखित विषयहरुमा मेरोलगानीसँग कुरा गर्दै नवनियुक्त कार्यकारी अधिकृत अर्यालले भने 'पहिलो प्राथमिकता नियामक निकायहरुबाट कम्पनी सुधारका लागि जारी भएका निर्देशन अनुसार नतिजा देखाउने गरी काम अघि बढाउन सक्दो कोशिस गर्नेछु । यसका साथै प्रकृयाबाट प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्नु पर्ने भएकाले त्यसलाई यथाशिघ्र अघि बढाउने प्रकृया तत्काल सुरु हुन्छ ।'

अर्यालले बक्यौता वर्षको लेखापरीक्षा तथा साधारण सभा सम्पन्न गराउँदै कम्पनीलाई अहिलेको अवस्थाबाट माथि उठाउने योजनामा सबै पक्षसँग सहकार्य गर्दै अघि बढ्ने पनि बताए । यसका लागि कम्पनी सुधारका लागि नियामकबाट आएका निर्देशन तत्काल पालनामा ध्यान केन्द्रित गर्दै कम्पनीलाई बजार प्रतिष्पर्धी बनाउने उनको योजना छ ।


यस अघि सञ्चालक समितिले नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्तिका लागि दिएको सुझावको कार्यतालिका यस्तो छ । जसलाई कम्पनी सञ्चालक समितिले कार्यान्वायन नगरी मन्त्रालयको मुख ताकेको थियो ।


comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।