अमेरिकी उपमहान्यायाधिवक्ताको पनि राजीनामा

Jan 11, 2019 RSS

अमेरिकी उच्च अधिकारीहरुले राजीनामा दिने क्रममा उप महान्यायाधिवक्ताले पनि राजीनामा दिन लागेका छन्। निर्वाचनका बेला रुसको संलग्नताका बारेमा अनुसन्धान गर्ने जिम्मेवारीमा रहेका उप महान्यायाधिवक्ता रोड रोसेन्स्टैनले राजीनामा दिन लागेका हुन्।

महान्यायाधिवक्तामा मनोनित विलियम बारले पनि राजीनामा दिने अपेक्षा गरिएको विभिन्न सञ्चार माध्यमहरुले जनाएका छन् ।

तर उनलाई राजीनामा दिन दवाब नपरेकाले उनले राजीनामा नदिएको पनि समाचारमा उल्लेख छ ।

उपमहान्यायधिवक्ता रोसेन्स्टेनले भने राजीनामा दिने आफ्नो निर्णयका बारेमा ह्वाईट हाउस र राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जानकारी गराईसकेको बताएका छन् ।

ट्रम्पले यसअघिका महान्यायाधिवक्ता जेफ सेसन्सलाई पनि बर्खास्त गरेका थिए । सेसन्सले राष्ट्रपतिसमक्ष दिएको राजीनामामा महान्यायाधिवक्ताको पद छाड्ने निर्णय आफ्नो नभएको स्पष्ट पारेका थिए ।

उनले राष्ट्रपतिको आग्रहमा आफूले राजीनामा दिन लागेको उल्लेख गरेका थिए ।
विगत केही महिनाको अवधिमा दर्जन भन्दा बढी उच्च पदस्थ सरकारी अधिकारीहरूले राष्ट्रपति ट्रम्पसँगको सहकार्य तोडिसकेका छन् ।

कतिपयलाई राष्ट्रपति ट्रम्पले निस्काशन गरेका हुन् भने कतिपयले काम गर्न नचाहेको भन्दै पद त्याग गरेका छन् ।

गृह मन्त्री रयन जिङ्क, राष्ट्रसंघका लागि अमेरिकी प्रतिनिधि निक्की हेली, रक्षा मन्त्री जेम्स माटिस, विदेश मन्त्रालयका मुख्य कर्मचारी रेयर एड्माइरल केभीन स्विनीलगायतले गत केहि महिनामा राजीनामा दिएका छन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।