कृषि विकास बैंकको २१.०५ प्रतिशत लाभांश घोषणा

Jan 11, 2019 Merolagani

कृषि विकास बैंक (ADBL) ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई २१.०५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको शुक्रबार बिहान सम्पन्न ७२८ औं बैठकले शेयरधनीलाई चुक्ता पूँजीको १५.०५३ प्रतिशत नगद र ६ प्रतिशत शेयर लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

साेही बैठकले सरकारकाे अग्राधिकार शेयर वापतकाे ६ प्रतिशत नगद लाभांश समेत प्रस्ताव गरेकाे छ । गत आर्थिक वर्ष २०७४/७५ मा बैंकले तीन अर्ब ६७ करोड ३२ लाख रुपैयाँ वितरणयाेग्य मुनाफा आर्जन गरेकाे थियो। यहि नाफाबाट बैंकले लाभांश बाँड्नेछ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र बैंककाे आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि शेयरधनीलाई वितरण हुने बैंकले जनाएको छ । 

सरकारको अग्राधिकार शेयर सहित बैंकको हाल चुक्ता पूँजी १३ अर्ब ९३ करोड २५ लाख रहेको छ । बैंकमा ८ अर्ब ४९ करोड ९८ लाख १६ हजार साधारण र पाँच अर्ब ४३ करोड २७ लाख १२ हजार रुपैयाँ सरकारको अग्राधिकार शेयर रहेको छ ।

बैंकले सर्वसाधारण शेयरधनीलाई प्रस्ताव गरेको ६ प्रतिशत बोनस वितरणपछि बैंकको चुक्ता पूँजी ९ अर्ब ९८ लाख ५ हजार पुग्नेछ ।

अघिल्लाे आर्थिक वर्ष २०७३/७४ मा बैंकले शेयरधनीलाई २० प्रतिशत बाेनस र कर प्रयाेजनका लागि १.०५ प्रतिशत नगद लाभांश वितरण गरेकाे थियाे ।

एनएफआरएस प्रतिवेदन अनुसार कृषि विकास बैंकले चालू आर्थिक वर्षको प्रथम त्रैमासमा ८२.१९ प्रतिशतले बढाउँदै ६६ करोड ३१ लाख खुद नाफा आर्जन गरेको छ भने फ्रि प्रोफिट ३६ करोड ३९ लाख रुपैयाँ छ। यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी २७ रुपैयाँ २५ पैसा छ भने जगेडा कोषमा १४ अर्ब ६९ करोड ६९ लाख सञ्चित गरेको छ । 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।