कम्पनीले बालबच्चा जीवन बीमा योजना बाहेक सबै योजनामा यो सुबिधा लिन सकिने जनाएको छ ।
यस्तो सुविधा लिन न्युनतम १६ वर्षको हुनपर्ने भएकोले बालबच्चा जीवन बमिा योजनामा नसमेटिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) मनोज कुमार लाल कर्णले जानकारी दिए ।
सोह्र वर्षको उमेर देखि नै यो सुबिधा लिन सकिने हुँदा न्यूनतम बीमा शुल्कमा भविष्यमा हुन सक्ने घातक रोग विरुद्ध सुरक्षा प्रदान गर्ने दाबी सिईओ कर्णको छ ।
बाल बच्चा जीवन बीमा बाहेक अन्य सबै जीवन बीमा योजनाहरुमा उक्त घातक रोगहरु समावेश गरी थप सुविधा प्रचलनमा ल्याएको हो । न्यून बीमा शुल्कमा बीमितको भविष्य सुरक्षित गर्नु नैं यस योजनाको मुख्य उदेश्य रहेको दाबी कम्पनीले गरेको छ ।
यस योजनाको बीमांक रकम न्युनतम बीमाङ्क योजना अनुसार र अधिकतम ५० लाख सम्म निर्धारण गर्न सकिन्छ ।
न्युनतम १६ वर्ष देखि ६० वर्ष उमेर समुहका व्यक्ति यस योजनामा समेटछ । बीमा अवधि न्यूनतम ५ वर्ष देखि ३५ वर्षको हुने यस योजनामा बीमा शुल्क भुक्तानी भने बीमा योजना अनुसार हुनेछ ।
यो योजनाको विशेषता भनेको न्युन बीमा शुल्कमा बीमितको भविष्य सुरक्षित गर्नु हो । यो सेवा कम्पनीको सम्पूर्ण शाखाहरुका साथै यस कम्पनीसँग बैंकास्युरेन्स सेवा लिएका बैंकहरुबाट समेत लिन सकिनेछ । हालसम्म कम्पनीले १० प्रकारको बीमालेख सञ्चालनमा ल्याएको छ ।
आईपिओ निष्काशन अन्तिम चरणमा
कम्पनीले जारी पूँजीको ३० प्रतिशतका दरले ६४ लाख ५० कित्ता शेयर सर्वसाधारणलाई आईपिओ निष्काशन गर्ने प्रकृया अन्तिम चरणमा पुगेको सिईओ कर्णले जानकारी गराए । उनले भने, ‘शेयर निकाष्शनको प्रकृया जारी छ । अब हामी छिटै नै सर्वसाधारणको लागि शेयर निष्काशन गछौंं ।’
कम्पनीले निष्काशन गर्न लागेको आइपिओलाई रेटिङ्ग गराई सकेको छ । कम्पनीको आईपिओलाई रेटिङ्ग कम्पनी इक्रा नेपालले इक्रा एनपि आईपिओ ग्रेड ४ प्लस प्रदान गरेको हो । ग्रेड ४ प्लस रेटिङ्गले कम्पनीको समग्र वित्तीय अवस्था औसत भन्दा कमजोर रहेको भन्ने जनाँउछ । हरेक कम्पनीले सर्वसाधारणमा शेयर जारी गर्नुपुर्व रेटिङ्ग गर्नुपर्ने प्रावधान रहेको छ ।
कम्पनीले आईपिओ निष्काशन तथा बिक्री प्रबन्धक यसअघि नै एसबिआई मर्चेन्ट बैंकिङ्गलाई नियुक्त्ति गरिसकेको छ ।
बीमा समितिले तोकेको दुई अर्ब चुक्ता पूँजी कायम गर्न इन्स्योरेन्सले संस्थापकहरुबाट एक अर्ब ५० करोड ५० लाख रुपैयाँ उठाइसकेको छ। जारी पूँजीको ३० प्रतिशत सर्वसाधारणहरुबाट उठानुपर्ने भएकाले कम्पनीले ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता शेयर जारी गर्नेछ । आईपिओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी दुई अर्ब १५ करोड रुपैयाँ पुग्नेछ ।
चालु आर्थिक वर्ष २०७५/७६ को मंसिर महिना सम्ममा प्रथम बीमा शुल्क रकम ७६ करोड ९५ लाख ६८ हजार ४२२ रुपैयाँ आर्जन गर्न सफल भएको कम्पनीले जनाएको छ ।
कम्पनीले नेपालभर आफ्नो शाखा तथा उपशाखा कार्यालयहरु बिस्तार गरी ब्यापार ब्यावसाय सञ्चालन गरिरहेको छ ।