एनएमबि बैंकको २३ औं वार्षिक साधारण सभाद्धारा ३०% लाभांश पारित

Jan 12, 2019 Merolagani

एनएमबि बैंक लिमिटेड (NMB) को २३ औँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७४/७५ को वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १० प्रतिशत बोनश शेयर र २० प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।

पुस २६ गते बिहीबार आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा सञ्चालक समितिका अध्यक्ष पवनकुमार गोल्याणको अध्यक्षतामा सम्पन्न भएको साधारण सभाले ८७ लाख ४३ हजार ७८४.२३ कित्ता बोनस शेयर र कर प्रयोजनका सहित एक अर्ब ७४ करोड ८७ लाख ५६ हजार ८ ४५ रुपैयाँ ८१ पैसा नगद लाभांश वितरण गर्ने प्रस्तावलाई अनुमोदन गरेको हो ।

बैंकले लाभांश वितरणका लागि पुस १० गते मंगलबारदेखि बुकक्लोज गरेकाले पुस ९ गतेसम्म कायम शेयरधनीले मात्र उक्त लाभांश पाउनेछन् । बैंकको उपरोक्त बोनस शेयर पश्चात चुक्ता पूँजी ९. अर्ब ६१ करोड ८१ लाख ६२ हजार रुपैयाँ पुगेको छ ।

यसैगरि बैंकको २३ औं साधारण सभाले नाफा नोक्सान हिसाब सहित समग्र वित्तीय विवरणमाथि छलफल गरि पारित गरेको छ । यस्तै लेखापरिक्षक नियुक्ति र पारिश्रमिक निर्धारण, र बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी समेत प्रदान गरेको छ ।

एनएमबि बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५५ करोड ५ लाख ५६ हजार रुपैयाँ खुद नाफा कमाएर वार्षिक प्रतिशेयर आम्दानी २६ रुपैयाँ ६४ पैसा कायम गरेको छ ।

हाल बैंकले ११० वटा शाखा, ४ एक्स्टेन्सन काउन्टर तथा ९७ वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।