नाडेप लघुवित्तको शतप्रतिशत हकप्रद भर्ने आइतबार अन्तिम दिन

Jan 13, 2019 Merolagani

नाडेप लघुवित्त (NADEP) ले हाल निष्काशन गरेको चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने पुस २९ गते आइतबार अन्तिम दिन रहेको छ। लघुवित्तले मंसिर २३ गतेदेखि १६ लाख कित्ता हकप्रद बिक्री खुला गरेको थियो ।

लघुवित्तले हकप्रद निष्काशन गर्न मंसिर ७ गते शेयरधनी दर्ता किताव बन्द गरेको थियो । जस अनुसार मंसिर ६ गतेसम्म कायम रहेका शेयरधनीले मात्र हकप्रद खरिद गर्न सक्नेछन् ।

लघुवित्तको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ ।

हकप्रदका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग नक्साल तथा नाडेप लघुवित्तको केन्द्रीय कार्यालय तथा सम्पूर्ण शाखा कार्यालयबाट आवेदन बुझाउन सकिने व्यवस्था गरिएको छ । साथै आश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

हाल लघुवित्तको चक्ता पूँजी १६ करोड रुपैयाँ छ । हकप्रद निष्काशन पश्चात लघुवित्तको चुक्ता पूँजी ३२ करोड रुपैयाँ पुग्नेछ । पुस २६ गते बिहीबार लघुवित्तको प्रतिकित्ता शेयरमूल्य ७९६ रुपैयाँमा कारोबार भएको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले एक करोड ३९ लाख नौं हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी ३४ रुपैयाँ ७७ पैसा कायम गरेको छ । 

गत आर्थिक वर्षको मुनाफाबाट लघुवित्तले ३० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । यसअनुसार कम्पनीले ४ करोड ८० लाख रुपैयाँ बोनस बाँड्नेछ । यस्तै, बोनसमा लाग्ने कर तिर्न २५ लाख २६ हजार ३१५.७९ रुपैयाँ नगद लाभांश पनि कम्पनीले प्रस्ताव गरेको छ।

हकप्रद र बोनस वितरणपछि कम्पनीको चुक्ता पूँजी ३६ करोड ८० लाख रुपैयाँ पुग्नेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।