किसान माइक्रोफाइनान्सले ४ हजार कित्ता शेयर बोलकबोलमा बेच्ने

Jan 13, 2019 Merolagani

किसान माइक्रोफाइनान्स वित्तीय संस्था (KMFL) ले ४ हजार २८० कित्ता शेयर लिलाम बढाबढ मार्फत बिक्री गर्ने भएको छ। कम्पनीले संस्थापक समूहको १८३ कित्ता र सर्वसाधारण तर्फको चार हजार ९७ कित्ता लिलामी खुला गरेको हो ।

इच्छुक लगानीकर्ताले उक्त लिलामी शेयरमा माघ ६ गतेदेखि १३ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन्। माइक्रोफाइनान्सको शेयर बिक्री प्रबन्धक सिभिल क्यापिटल रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकको कार्यालय सिभिल मल सुन्धारा, तथा किसान माइक्रोफाइनान्सको सम्पूर्ण शाखा कार्यालयहरु मार्फत आवेदन गर्न सक्नेछन् ।

यस्तै सिभिल बैंकको शाखा कार्यालयहरु विराटनगर, वीरगञ्ज, नारायणगढ, पोखरा, बुटवल र नेपालगञ्ज कार्यालयबाट बोलपत्र पेश गर्न सक्नेछन् । पुस २६ गते बिहीबार कम्पनीको प्रतिकित्ता शेयरमूल्य ९२० रुपैयाँ रहेको छ ।

आवेदन गर्दा न्यूनतम एक सय कित्तादेखि अधिकतम कित्तासमका लागि माग गर्न सक्नेछन् भने एक सय रुपैयाँदेखि बढाबढ मूल्यमा आवेदन गर्नुपर्नेछ। एक व्यक्ति तथा कम्पनीले एउटा मात्र बोलपत्र पेश गर्न सक्नेछन् ।

किसान माइक्रोफाइनान्सले गत मंसिर २ गतेदेखि पुस ८ गतेसम्म निष्काशन गरेको चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद निष्काशन गरेको थियो । सो समयमा अवितरित शेयर अहिले कम्पनीले लिलामी मार्फत बिक्री गर्न लागेको हो ।

माइक्रोफाइनान्सले गत आवको मुनाफाबाट २९ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । ५० प्रतिशत हकप्रदलाई समेत प्रस्तावित बोनस रकम वितरण गर्दा २९ प्रतिशत बोनस १९.३३ प्रतिशतमा घट्नेछ। लिलामी सकार्नेले पनि बोनस पाउनेछन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।