वोमी माइक्रोफाइनान्सले हकप्रदबाट २० करोड २१ लाख चुक्ता पूँजी पुर्याउने

Jan 13, 2019 Merolagani

वोमी माइक्रोफाइनान्स वित्तीय संस्था (WOMI) ले शतप्रतिशत हकप्रद जारी गर्ने भएको छ । माइक्रोफाइनान्सको पुस २८ गते बसेको सञ्चालक समितिको ११४ औं बैठकले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद निष्काशन गर्ने निर्णय गरेको हो ।

माइक्रोफाइनान्सले राष्ट्रिय स्तरमा लघुवित्त कार्यक्रम विस्तार गर्न राष्ट्र बैंकबाट स्वीकृति पाइसकेको छ । त्यसका लागि शाखा विस्तार, व्यवसयिक कारोबारमा वृद्धि गर्न र सोही अनुपातमा लगानीको लागि आवश्यक पर्ने पूँजी जुटाउन हाल कायम चुक्ता पूँजीको शतप्रतिशत अर्थात १ः१ को अनुपातमा हकप्रद निष्काशन गर्ने कम्पनी सञ्चालक समितिले निर्णय गरेको नेप्सेलाई जानकारी गराएको छ । 

माइक्रोफाइनान्सले हकप्रद जारी गर्ने प्रयोजनको लागि विशेष साधारण सभा आह्वान गरि विशेष प्रस्तावको रुपमा सो एजेण्डा लैजाने तयारी गरेको हो ।

 

१० करोड १० लाख ८८ हजार चुक्ता पूँजी रहेको माइक्रोफाइनान्सको हकप्रद जारी गरेपछि २० करोड २१ लाख ७६ हजार रुपैयाँ पुग्नेछ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा माइक्रोफाइनान्सले एक करोड ८ लाख ७० हजार रूपैयाँ खुद नाफा कमाएको छ । यस अवधिमा माइक्रोफाइनान्सको प्रतिशेयर आम्दानी ४३ रुपैयाँ एक पैसा छ ।

गत आवकाे नाफाबाट माइक्रोफाइनान्सले शेयरधनीलाइ २५ प्रतिशत नगद लाभांश वितरण गरकाे थियाे । कम्पनीकाे शेयरमूल्य प्रतिकित्ता ९६५ रूपैयाँ हाराहारीमा पुस २९ गते आइतबार काराेबार भैरहेकाे छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।