माथिल्लो तामाकोशीको शेयर कारोबार खुल्यो, ओपनिङ्ग रेन्ज कति ?

Jan 13, 2019 Merolagani

माथिल्लो तामाकोशीको पुस २९ गते आइतबार देखि  नेपाल स्टक एक्सचेञ्जमा शेयर काराेबार खुलेको छ। नेप्सेले तामाकोशीको शेयरलाई कारोबार गर्न युपिपिइआर (UPPER) काराेबार संकेत प्रदान गरेकाे छ । यहि काेडमा अब कम्पनीकाे शेयर खरिद बिक्री हुनेछ ।

तामाकोशीको शेयरलाई नेप्सेले प्रतिशेयर न्युनतम ७४ रुपैयाँ ८९ पैसा देखि अधिकतम २२४ रुपैयाँ ६७ पैसा ओपनिङ्ग रेन्ज तोकेको छ । आइतबार साेही ओपनिङ्ग रेन्जको आधारमा तामाकोशीकाे कारोबार खुलेको हाे ।

 

समाचार तयार पार्दासम्म कम्पनीकाे शेयर काराेबार प्रतिकित्ता २२४ रूपैयाँमा काराेबार भएकाे छ  ।

तामाकोशीको बिहीबार नेप्सेको १० करोड ५९ लाख कित्ता शेयर सूचीकृत भएको थियो ।

कम्पनीले गत साउनमा आयोजना प्रभावित दोलखावासीलाई एक अर्ब पाँच करोड रूपैयाँ र गत कात्तिक १५ देखि १९ गतेसम्म सर्वसाधारणलाई एक अर्ब ५८ करोड रूपैयाँ बराबरको साधारण शेयर बिक्री गरेको थियो ।

बिक्री भएका शेयर लगानीकर्ताको हितग्राही खातामा जम्मा भइसकेको छ । दोलखावासी र आम सर्वसाधारणलाई क्रमशः १० र १५ प्रतिशत शेयर बिक्री गरेको हो ।

कम्पनीले केही वर्ष पहिले नै कर्मचारी सञ्चयकोषका कर्मचारी, ऋणदाता संस्थाका कर्मचारी, सञ्चयकोषका कर्मचारी, नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई शेयर बिक्री गरेको थियो ।

कम्पनीले दोलखाको लामाबगरमा ४५६ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । आयोजनाको हाल ९७ प्रतिशत भौतिक प्रगति भएको छ । आयोजनाको लागत भने दोब्बरले बढेर ६९ अर्ब ६१ करोड रुपैयाँ पुग्ने अनुमान छ ।

 

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।