सेन्ट्रल फाईनान्सले नगद लाभांश मात्रै बाँड्ने

Jan 13, 2019 Merolagani

सेन्ट्रल फाईनान्स (CFCL) ले गत आर्थिक वर्षकाे नाफाबाट शेयरधनीलाई नगद लाभांश मात्रै वितरण गर्ने भएको छ । फाइनान्सको पुस २७ गते शुक्रबार बसेको संचालक समितिको २६८ औं बैठकले नगद लाभांश मात्रै प्रस्ताव गरेको हो ।

गत वर्ष ८.७६ प्रतिशत बोनस र ७ प्रतिशत नगद लाभांश वितरण गरेको कम्पनीले यस वर्ष भने बोनस वितरण नगर्ने भएको छ ।

फाइनान्सले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट हाल कायम चुक्ता पूँजीको ७ प्रतिशतले हुने आउने ५ करोड ७६ लाख ३७ हजार ८५० रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश राष्ट्र बैंकले स्वीकृत गरेपछि आगामी साधारण सभाबाट पारित भएपछि मात्रै शेयरधनीहरुले पाउनेछन् ।

चुक्ता पूँजी ८२ करोड ३३ लाख रुपैयाँ रहेको फाइनान्सले चालु आर्थिक वर्षको पहिलो त्रैमसमा ७३ लाख ५२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

यस अवधिमा फाइनान्सको प्रतिशेयर आम्दानी ३ रूपैयाँ ५७ पैसा, प्रतिशेयर नेटवर्थ १२१ रुपैयाँ ४९ पैसा र मूल्यआम्दानी अनुपात १४१.५७ गुणाले बढी छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।