नेप्सेले धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७५ को विनियमा ५ (३) मा उपविनियम (१) र (२) मा उल्लेखित कारोबार इकाई भन्दा कम परिमाणको धितोपत्र अडलट हुने र त्यस्तो धितोपत्रको कारोबार लाई अडलट भनिने उल्लेख छ ।
तर कारोबार इकाई वा सो भन्दा बढी धितोपत्र भएको धितोपत्रधनीले त्यस्तो धितोपत्रलाई अडलट बनाई बिक्री गर्न नपाउने व्यवस्था छ ।
तर ब्रोकर कम्पनीले यो प्रावधानको उल्लंघन गर्दे अडलट शेयरको कारोबार गरेकोले एक दिनको लागि कारोबार रोक्का गरेको नेप्सेले जनाएको छ । अब उप्रान्त यस्तो कार्य नगर्न नेप्सेले सचेत समेत गराएको छ ।