नेप्सेले धितोपत्र ऐन २०६३ को दफा ४८ को उपदफा १ बमोजिम निर्देशन जारी गर्दै अब उप्रान्त नियम, विनियम, तथा प्रचलित कानूनी व्यवस्थाहरुमा तोकिए बमोजिम गर्न र यस्ता गल्ती नदोहोर्याउन सचेत गराउँदै कारोबार खुला गरेको हो ।
नेप्सेले सहारा विकास बैंकले घोषणा गरेको लाभांशको निर्णय धितोपत्र सूचीकरण विनियमावली २०७५ बमोजिम नभएकाले सूचीकरण स्थगन गर्दै पुस २३ गते २४ घण्टे स्पष्टीकरण सोधेको थियो । देव विकास बैंकसँग मर्जर हुन लागेको यस बैंकको शेयर कारोबार भने यस अघि नै मर्जरका कारण रोक्का रहेको थियो ।
नेप्सेले सहारा विकास बैंकसँग २४ घण्टे स्पष्टीकरण पनि मागेको पत्रमा सञ्चालक समितिको बैठक बसेको समय उल्लेख नभएको, लाभांश वितरण गरिने आर्थिक वर्ष, दाखिला खारेज मिति, अनुपात र शेयर शेयर कित्ता स्पष्ट नभएको, कुन मितिसम्म कायम शेयरधनीले उक्त लाभांश प्राप्त गर्ने स्पष्ट नभएको तथा निर्णय तत्काल वा भोलिपल्ट कारोबार सुरु हुनुभन्दा अगाडि नेप्सेलाई जानकारी दिनुपर्नेमा बैंकले ढिला उपलब्ध गराएको उल्लेख गरेको थियो ।
बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई ८९ लाख ७८ हजार ३६० रुपैयाँ बराबरको बोनस शेयर र बोनस शेयर वापत लाग्ने कर प्रयोजन सहित चार लाख ७२ हजार ५४५ रुपैयाँ नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।