अमेरिकी इतिहासकै सबैभन्दा लामो शटडाउन, मानिसहरु घरको सामान बेच्न बाध्य

Jan 13, 2019 Merolagani

अमेरिकामा जारी आंशिक शटडाउन शुक्रवार मध्यरातदेखि २२औं दिनमा प्रवेश गरेको छ । अमेरिकी इतिहासमा यो हालसम्मको सबैभन्दा लामो शटडाउन हो । मानिसहरु आफ्नो खर्च चलाउनका लागि घरको सामान बेच्न बाध्य भइरहेको बताइएको छ ।

एकजना संघीय कर्मचारीले वाशिंगटनमा आफ्नो २०१२ को एभेन्जर गाडी बेच्नका लागि विज्ञापन दिएका छन् । उनी त्यो पैसाले आफ्नो बिल भर्न चाहन्छन् ।

त्यसैगरी कसैले टिभी, कसैले अन्य घरका सामानहरु सामानहरु बेचिरहेको बताइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र कंग्रेसमा रहेका डेमोक्रेटहरूबीच मेक्सिकोको सीमामा पर्खाल बनाउने बजेटबारे देखिएको मतभेद कायमै रहेपछि अमेरिका अनिश्चित कालीन बन्दतर्पm धकेलिएको हो ।

ट्रम्पले मेक्सिको पर्खाल निर्माणका लागि भनेर ५ अर्ब ७० करोड डलर माग गर्दे आइरहेका छन् । उता विपक्षी डेमोक्रेट पार्टीले भने सीमामा पर्खाल लगाउनका लागि फण्ड जारी गर्ने कुरामा समर्थन जनाएको छैन । उसले उक्त पर्खाललाई अनैतिक बताइरहेको छ ।

यो राजनैतिक तानातानको नकारात्मक असर पूरै अमेरिकाले भोग्नु परिरहेको छ । यसको असर करिब ८ लाख संघीय कर्मचारीहरुमाथि परिरहेको छ ।

जसका कारण ४ लाख कर्मचारीहरु बिना काम घरमै बस्नुपर्ने बाध्यता रहेको छ । जबकि आवश्यक सेवा दिने करिब ४ लाख २० हजार कर्मचारीहरुले बिना तलब नै काम गरिरहेका छन् ।

पर्खाल बनाउने रकम नआएसम्मका लागि राष्ट्रिय संकटकालको घोषणा गर्ने चेतावनी ट्रम्पले दिएका छन् । संकटकाल लगाउने आफ्नो अधिकार भएको उनी बताउँछन् ।

अमेरिकामा जारी शटडाउन अझै कायम रहने हो भने पर्खाल बनाउन ट्रम्पले मागेको भन्दा धेरै आर्थिक क्षति हुने विश्लेषण गर्न थालिएको छ । गत शुक्रवारसम्ममा अमेरिकी अर्थतन्त्रले ३ अर्ब ६० करोड डलर गुमाएको बताइएको छ । एजेन्सी

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।