लघुवित्तले आइपिओ निष्काशन गर्ने अनुमति माग्दै गत भदौ १७ धितोपत्र बोर्डमा आवेदन गरेको थियो ।
लघुवित्तले निष्काशन गर्न लागेको आइपिओलाई केयर रेटिङ्ग नेपालले ‘केयर एनपि आइपिओ ग्रेड ४’ दिएको छ । यसले कम्पनीको वित्तीय अवस्था औषत भन्दा कमजोर रहेको जनाउछ ।
नुवाकोटको ककनीमा केन्द्रीय कार्यालय रहेको कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई यस अघि नै नियुत्त गरीसकेको छ ।
चुक्ता पूँजी १४ करोड रुपैयाँ रहेको लघुवित्तको आइपिओ जारी गरेपछि २० करोड ७४ लाख रुपैयाँ पुग्नेछ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले २६ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।