मर्जर/प्राप्तीबाट पूँजी बढाउन जनता बैंक तात्यो, लाभांश पारित

Jan 13, 2019 Merolagani

जनता बैंक नेपाल (JBNL) को नवौं वार्षिक साधारणसभाले बैंकको क्षमता मजबुत बनाउन मर्जर/प्राप्तीबाट पूँजी वृद्धि गर्न आवश्यक सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गरेको छ। साथै सभाले ब्रोकरेज सेवा थप गर्ने तथा गत आवको नाफाबाट सञ्चालक समितिले प्रस्ताव गरेको नगद लाभांश समेत पारित गरेको छ ।

पुस २९ गते आइतबार सञ्चालक समितिका अध्यक्ष केशव बहादुर रायमाझीको अध्यक्षतामा अनुपम फुडल्याण्ड, बत्तीसपुतली, काठमाडौमा सम्पन्न भएको सभाले बैंक र अन्य उपयुक्त बैंक र वित्तीय संस्था एक आपसमा गाभ्न/गाभिन (मर्जर) वा स्वदेशी विदेशी रणनीतिक साझेदारीमा जानका लागि आवश्यक अख्तियारी सञ्चालक समितिलाई प्रदान गरेको छ ।

यस्तै सम्बन्धित निकायको स्वीकृतिमा बैक आफैँ वा सहायक कम्पनी मार्फत शेयर ब्रोकरेज सम्बन्धि कार्य गर्ने ब्यवस्था प्रबन्धपत्रमा थप गर्न स्वीकृत प्रदान गरेको हो ।

नवौँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७४/७५ सम्मको सञ्चित मुनाफा समेतको रकमबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको ८.५० प्रतिशत अर्थात ६८ करोड ६६ हजार ८०३ रुपैयाँ २५ पैसा बराबर नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।

हालसम्म बैंकले ६८ अर्ब निक्षेप संकलन गरेको छ भने कर्जा लागानी तर्फ ६३ अर्ब ऋण प्रवाह गरेको छ । बैकको पूर्व मेची देखी पश्चिम महाकाली सम्म १२९ शाखा, ५० शाखा रहित बैकिग केन्द्र , ७९ एटीएम सञ्चालनमा रहेको छ ।

एनएफआरएस प्रतिवेदन अनुसार बैकले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ३२ करोड मुनाफा आर्जन गरेको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।