इन्भेष्टमेन्ट बन्यो निजीक्षेत्रको सबैभन्दा बलियो बैंक, शेयरधनी कोष करिब २५ अर्ब

Jan 13, 2019 Merolagani

नेपाल इन्भेष्टमेन्ट बैंक (NIB) को ३२ औं बार्षिक साधारणसभाले लाभांस पारित गरेपछि चुक्ता पूँजीको आधारमा निजी क्षेत्रको सबैभन्दा बलियो बैंक बनेको छ। गत वर्षको कमाईबाट १८ प्रतिशत बोनस बाँड्ने प्रस्ताव पारित गरेपछि बैंकको चुक्ता पूँजी १२ अर्ब ५८ करोड पुगेको छ ।

बैंकको ३२ औं वार्षिक साधारणसभाले १८ प्रतिशत बोनस शेयर र २२ प्रतिशत नगद लाभांश पारित गरेको हो ।

बैंकका अनुसार जगेडा कोषको रकम ९ अर्ब ७७ करोड रुपैयाँ तथा शेयरधनी कोष २४ अर्ब ८७ करोड पुगेको छ ।

बैंकले गत वर्ष ३ अर्ब ६५ करोड रुपैयाँ खुद नाफा गरेको थियो। यस अवधिमा बैंकको निक्षेप १ खर्ब ४० अर्ब र ऋण १ खर्ब २० अर्ब रुपैयाँ पुगेको छ। बैंकको खराब कर्जा अनुपात भने १.३६ प्रतिशत छ। बैंकका ७८ शाखा र १०९ वटा एटिएम छन्।

बैंकले ग्रामिण क्षेत्रका ग्राहक सेवालाई ध्यानमा राखी प्रदेश अनुसार वित्तिय संजाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने लक्ष्यलाई निरन्तरता दिँदै समयानुकुल प्रविधिको प्रयोगमा थप जोड दिई ग्राहक सेवामा सहजता ल्याउने तथा राष्ट्रको समग्र विकासमा अग्रसर हुने भावी योजना बनाएको छ । 

यस वर्षदेखि बैंकले आफ्ना कार्ड सञ्जालमा मास्टर कार्डको सेवा सञ्चालनमा ल्याएको छ। मास्टर कार्डबाट एटिएम र पस मेसिन दुबैको सुविधा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।