सनराइज बैंकले थप्यो ब्रोकरेज सम्बन्धि कार्य गर्ने व्यवस्था, लाभांश पारित

Jan 14, 2019 Merolagani

सनराइज बैंक लिमिटेड (SRBL) को एघारौं वार्षिक साधारण सभाले बैंकको प्रबन्धपत्र संसोधन गर्दै ब्रोकरेज सम्बन्धि कार्य गर्ने व्यवस्था थप गरेको छ। साथै सभाबाट गत आवको नाफाबाट प्रस्ताव गरिएको ११.५० प्रतितशत नगद लाभांश समेत अनुमोदन भएको छ।

पुस २९ गते आइतबार सञ्चालक समितिका अध्यक्ष मोतीलाल दुगडको सभापतित्वमा सम्पन्न सभाले सम्बन्धित नियामक निकायको स्वीकृती लिई बैंक आफैँ वा सहायक कम्पनी स्थापना गरी ब्रोकरेज सम्बन्धि कार्य गर्ने व्यवस्था थप गरि प्रबन्धपत्र संसोधन गर्ने प्रस्ताव पारित गरेको हो ।

यसका लागि संसोधन गरि पारित भएको प्रबन्धपत्र तथा नियमावलीमा नियामक निकायले कुनै फेरबदल गर्न निर्देशन दिएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी समेत प्रदान गरेको छ । 

उक्त साधारण सभाले बैंकको हालको चुक्ता पूँजीको ११.५० प्रतिशतको दरले लाभांश कर लाग्ने भएमा सो सहित ९३ करोड ७५ लाख ४३ हजार ९२२ रुपैयाँ ८७ पैसा वितरण गर्न स्वीकृत गर्ने प्रस्ताव पारित गरेको छ ।

सो सभाबाट संस्थापक समूह ‘क’ तर्फबाट ३ जना सञ्चालक मोतीलाल दुगड, मालचन्द दुगड र ई. बच्छराज तातेड निर्विरोध निर्वाचित भएका छन् । सर्वसाधरण समूह ‘ख’ तर्फबाट ३ जना सञ्चालकहरु शैलेन्द्र गुरागाई, श्रीमती शारदा शर्मा पुडासैनी र दीपक नेपाल निर्वाचित भए ।

साथै सञ्चालक समितिको तर्फबाट मोतीलाल दुगडलाई सवर्सम्मत रुपमा अध्यक्षमा चयन गरेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।