नेशनल लाइफ इन्स्योरेन्सले १३.५ प्रतिशत बोनस दिने

Jan 14, 2019 merolagani

नेशनल लाईफ इन्स्योरेन्स (NLICL) ले लाभांश घोषणा गरेकाे छ । कम्पनीको पुस ३० गते बसेको सञ्चालक समितिको बैठकले १३.५ प्रतिशत बोनस वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीले आर्थिक बर्ष २०७३/०७४ मुनाफाबाट चुक्ता पूँजीको १३.५ प्रतिशत अर्थात ३५ करोड ७७ लाख १३ हजार १९१ रूपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो । इन्स्योरेन्स कम्पनीले बोनस शेयर वापत लाग्ने करको व्यवस्था पनि गरेको जानकारी गराएको छ । 

शेयरधनीले बोनस शेयर बीमा समितिको स्वीकृती र कम्पनीको वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र प्राप्त गर्न सक्ने छन् ।

हाल कम्पनीको चुक्ता पूँजी दुई अर्ब ६४ करोड ९७ लाख २७ हजार २४४ रूपैयाँ छ । बोनस वितरण पश्चात इन्स्योरेन्सको चुक्ता पूँजी तीन अर्ब ७४ लाख ४० हजार रुपैयाँ पुग्नेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।