शेयर बजारमा दोहोरो अंकको वृद्धि, कारोबार रकम भने खस्कियो

Jan 14, 2019 Merolagani

सोमबार शेयर बजार दोहोरो अंकले बढेको छ। काराबोरको अन्तिम समयमा आएर नेप्से सूचक ११.७४ अंकले बढेको हो। तर कारोबार रकम भने आइतबारको तुलनामा खस्किएको छ। आइतबार ३७ करोड २९ लाख रुपैयाँ बराबरको कारोबार भएको बजारमा सोमबार भने २६ करोड ८१ लाख रुपैयाँ बराबरको मात्रै कारोबार भयो।

आइतबार देखि कारोबार खुलेको अप्पर तामाकाशीको शेयर मूल्य रेन्ज भन्दा बाहिर गएर कारोबार भएपछि नेप्सेले कम्पनीको कारोबार रद्द गरेको छ । तर नेप्सेको यो तथ्याङ्कबाट अपर तामाकोशीको कारोबार डाटा भने हटाएको छैन ।

सोमबार नेप्से ११.७४ अंकले बढेर ११८६.८० बिन्दुमा पुगेको छ । यस दिन १५८ कम्पनीका ८ लाख ५ हजार ६०१ कित्ता शेयर २६ करोड ८१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

‘क’ वर्गका कम्पनीको सूचक मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.०८ अंकले बढेर २५०.४९ बिन्दुमा पुगेको छ ।

आज कारोबारमा आएका ९ उपसूचक मध्ये बैंकिङ्ग समुहको सुचक बाहेक सबै सकारात्मक देखिएको छ । बैंकिङ्ग समुह १.०९ अंकले घटेकाे छ ।

सोमबार सबैभन्दा धेरै हाइड्रोपावर कम्पनीको १७७.०७ अंकले बढेको छ । यस्तै अन्य १९.९१, निर्जीवन बीमा १९.२४, होटल्स १८.८४, माइक्रोफाइनान्स १५.०७, फाइनान्स ६.९६, विकास बैंक ४.५६ र जीवन बीमा ३.१८ अंकले सकारात्मक देखिएका छन् ।

सोमबार नेपाल बैंकको सबै भन्दा धरै रकमको कारोबार भएको छ । बैंकको ४ करोड ७२ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । यस्तै नागरिक लगानी कोषको ४ करोड ७० लााख रुपैयाँ बराबरकमो कारोबार भयो । बाँकी कुनै पनि कम्पनीको कारोबार रकम भने करोड नाघ्न सकेन ।अपर तामाकोशीको ४७ लाख ८२ हजार रुपैयाँ बराबरकाे कारोबार आज रद्ध भएको छ ।

यस दिन सबैभन्दा धेरै नागरिक लगानी कोषको शेयर मूल्य ९.९७ प्रतिशतले बढेको छ । यस्तै आजको कारोबारबाट जनउत्थान लघुवित्तको शेयरधनीले ९.७२, सिटी एक्प्रेस फाइनान्सको ९.१७, गोर्खाज फाइनान्सको ८, वाेमी माइक्रोफाइनान्सको शेयरधनीले ६.८८ प्रतिशतले कमाएका छन् ।

लक्ष्मी लघुवित्त, बेष्ट फाइनान्स, युनाइटेड इन्स्योरेन्स, साल्ट ट्रडिङ्गको शेयरमूल्य ५ प्रतिशत हराहारीले बढेका छन् ।

यता बैंक अफ कमाठमान्डूको शेयर मुल्य सबैभन्दा धेरै ५.०५ प्रतिशतले घटेको छ । अरुण काबेली पावरको शेयरधनीहरुले ४.३२ प्रतिशतले गुमाएका छन् ।

यस्तै अपि पावर, एक्सेल डेभलपमेन्ट बैंकको शेयरमल्य ३ प्रतिशत भन्दा बढीमा घटेका छन् । ग्रीन डेभलपमेन्ट बैंक, हाथवे फाइनान्स, नेपाल कम्युनिटी विकास बैंक, पूर्णिमा विकास बैंकले शेयधनीहरुले २ प्रतिशतले गुमाएका छन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।