वैदेशिक रोजगार बीमा पुल मार्फत सञ्चालनमा, बीमक बजार हिस्सा अनुसार संलग्न हुने

Jan 15, 2019 Merolagani

बीमा समितिले वैदेशिक रोजगार (म्यादी जीवन बीमा) व्यवसायलाई पुल (एकद्धार प्रणाली) मार्फत सञ्चालन गर्न जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ। समितिले माघ १ गते देखि लागू हुने गरी सर्कुलर जारी गरेको हो ।

म्यादी जीवन बीमा व्यवसायलाई पारदर्शी, मर्यादित, व्यवस्थित तथा बढीभन्दा बढी ग्राहक सेवाउन्मुख बनाउन पुलको व्यवस्था गरिएको समितिको दाबी छ ।

समितिले माघ १५ सम्ममा सबै बीमा कम्पनीहरुले सहमति गरी पुल सञ्चालन सम्बन्धी कार्यविधि प्रस्तुत गर्न निर्देशन दिएको छ ।

तत्काल विधिवत पुल गठन नभएकोले माघ १ गते देखि बीमकहरुले जारी गरेका सबै बीमालेखहरु बीमकहरुको बजार हिस्सा अनुसार हुने र पुल गठन नभएसम्म व्यवसाय सञ्चालनलाई यथावत निरन्तरता दिन समितिले निर्देशन दिएको हो ।

चार वर्ष भित्र हिस्सा बराबर बनाइने

जीवन बीमा कम्पनीहरूले पुलमार्फत जारी गरेको म्यादी जीवन बीमामा कम्पनीको बजार हिस्सा अनुसार संलग्न हुनेछ।

समितिले पुल मार्फत म्यादी जीवन बीमा व्यवसाय गर्न १८ वटा जीवन बीमा कम्पनीहरूको बजार हिस्सा तय गरेको छ। त्यस अनुसार नेशनल लाइफ इन्स्योरेन्सको हिस्सा सबैभन्दा धेरै १९ प्रतिशत छ ।

प्राइम लाइफ इन्स्योरेन्सको १५, सूर्या लाइफ इन्स्योरेन्सको १२, युनियन लाइफ र नेपाल लाइफको ११ प्रतिशत हिस्सा छ। रिलायबल र रिलायन्स लाइफको ८, आइएमई लाइफको ५, गुराँस लाइफको २ प्रतिशत बजार हिस्सा छ। अन्य बाँकी कम्पनीको हिस्सा १/१ प्रतिशतको दरले निर्धारण गरिएको छ ।

म्यादी जीवन बीमामा चार वर्षपछि सबै बीमक कम्पनीको हिस्सा बराबर बनाइने बीमा समितिले जारी गरिएको सर्कुलरमा उल्लेख छ । हाल तय गरिएको हिस्सा चालु आर्थिक वर्षको अन्त्य सम्म लागू गर्ने, दोस्रो वर्ष देखि समितिको राेहोबरमा हिस्सा परिवर्तन गर्ने र चौथौं वर्षको सुरु देखि सबै कम्पनीको हिस्सा बराबर पुर्याउने समितिको तयारी छ ।

पुल अन्तर्गत बीमा शुल्क खर्च तथा दाबीको हिस्सा सोही अनुपातमा बाँडफाँड हुने समितिले जनाएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।