बैंकका अध्यक्ष डा.शंकर प्रसाद शर्माको अध्यक्षतामा लैनचौर बैँक्वेटमा सम्पन्न भएको साधारणसभाले आ.व.२०७४/७५ को नाफाबाट सञ्चालक समितिले प्रस्ताव गरेको २९ करोड १४ लाख ४५ हजार ७७३ (करीव ३.६ प्रतिशत) रुपैयाँ बोनस शेयर तथा १३ करोड १३ लाख ५६ हजार १४३ (करिब १.६ प्रतिशत) नगद लाभांश पारित गरेको हो ।
साथै सभाले बैंक र सहायक कम्पनी सिविआईएल क्यापिटल लिमिटेड समेतको लेखापरीक्षकको प्रतिवेदनसहित २०७५ आषाढ मसान्तको वासलात, आ.व. २०७४/०७५ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु छलफल गरी स्वीकृत भएको छ । यस्तै सञ्चालक समितिको वार्षिक प्रतिवेदनमा छलफल गरि उक्त प्रतिवेदनमा पारित गरेको छ ।
बैंकले ८१ वटा शाखा, ७५ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
आफ्नो ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।
यसका साथसाथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरू प्रादेशिक कार्यालयले छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने उद्देश्यल्ले बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको छ ।