माछापुच्छ्रे बैंकको नगद लाभांश वितरण

Jan 16, 2019 Merolagani

माछापुच्छ्रे बैंक (MBL) ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई प्रस्ताव गरेको लाभांश वितरण गरेको छ। बैंकको पुस २० गते सम्पन्न २० औं वार्षिक साधारण सभाले चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश पारित गरेको थियो ।

शेयर डिम्याट गराएर हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीलाई बैंकले उनीहरुकै बैंक खातामा नगद लाभांश पठाएकाे जनाएकाे छ । 

हालसम्म पनि हितग्राही खाता खोल्न बाँकी सदस्यहरुलाई यस बैंकको कुनैपनि शाखामा गएर डिम्याट खाता खोल्न बैंकले अनुरोध गरेको छ ।

बैंकले यसअघिका वर्षहरुमा वितरण गरिएको लाभांश लिन बाँकी रहेको शेयरधनीहरुलाई बैंकको शेयर शाखा पुतलीसडकमा सम्पर्क गरि उक्त लाभांश बुझिलिन सूचित गरेको छ ।

यस्ताे छ बैंकले जारी गरेकाे सूचना :-

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।