हिमाल दोलखा हाइड्रोपावरले ७८ लाख कित्ता आईपिओ निष्काशन गर्ने

Jan 16, 2019 Merolagani

हिमाल दोलखा हाइड्रोपावर कम्पनी आईपिओ निष्काशन गर्न माग गर्दै नियामक निकाय धितोपत्र बोर्ड पुगेको छ। कम्पनीले आयोजना प्रभावित स्थानीयलाई १६ लाख र सर्वसाधारणलाई ६२ लाख कित्ता गरी ७८ लाख कित्ता आईपिओ जारी गर्न बोर्डसँग अनुमति मागेको हो ।

हाइड्रोपावर कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ७८ करोड रुपैयाँ बराबरको ७८ लाख कित्ता शेयर निष्काशन गर्ने तयारी गरेको हो । कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लाेबल आइएमई क्यापिटललाई जिम्मेवारी दिएको छ । 

हिमाल दोलखा हाइड्रोले इलामको गोदक गाबिसमा ४.५ मेगावाटको माइखोला साना जलविद्युत आयोजना ७२ करोड ५३ लाख लागतमा सम्पन्न गरेको छ । 

यस्तै, इलाम नगरपालिकामा ८ मेगावाटको माई साना क्यास्केड जलविद्युत परियोजनाको निर्माण अन्तिम चरणमा छ ।

एक अर्ब ३४ करोड ५७ लाख रुपैयाँ लागतमा निमार्ण भएको यस परियोजनाले छिटै व्यवसायिक उत्पादन गर्ने बताइएको छ । दुवै आयोजनाको लागत प्रति मेगावाट १६ करोड देखि १७ कराेड बीचमा रहने जनाइएको छ।

गोदक र राँगापानीमा निर्माणाधीन ८ मेगावाट क्षमताको हिमाल दोलखा हाइड्रोपावर (क्यास्केड) निर्माण अन्तिम चरणमा पुगेको प्रबन्ध निर्देशक रूपमणि राजभण्डारीले बताए। आयोजना ४ वर्षअगाडि निर्माण शुरू भएको थियो ।

इलाम राजदुवालीछेउ टप्पुमा इण्टेकमार्फत उक्त क्यानलमा पानी लगाएर राँगापानीमा बनेको विद्युत्गृहमा पुर्याउने तयारी छ। विद्युत्गृहमा मेशिनहरूको जडान गर्ने कार्य अन्तिम चरणमा पुगिसकेको छ। उत्पादित विद्युत्लाई काबेली कोरिडोरअन्तर्गत गोदक सवस्टेशन मार्फत राष्ट्रिय प्रसारणमा जोड्ने तयारी छ।

हिमाल दोलखा क्यास्केड आयोजना निर्माणसँगै इलामको माइखोलामा मात्र हालसम्म ६ ओटा जलविद्युत् आयोजना निर्माण भइसकेका छन्। अपरमाइ २ ओटा, सानीमामाई २ ओटा र हिमाल दोलखा २ ओटासहित ६ ओटा आयोजना माइखोलाको पानीले सञ्चालन हुनेछ । माइमा अन्य २ जलविद्युत आयोजना निर्माणाधीन अवस्थामा छन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।