जनसेवी लघुवित्तले निष्काशन गर्ने आईपिओ बढायो, बोर्डमा संसोधित निवेदन

Jan 16, 2019 Merolagani

जनसेवी लघुवित्त वित्तीय संस्था (JSLBSL) ले यसअघि दिएको आईपिओ निष्काशन गर्ने निवेदनमा ४३ हजार ३०० कित्ता थप गरेर धितोपत्र बोर्डमा संसोधित निवेदन पेश गरेको छ। लघुवित्तको पूँजी वृद्धि भएपछि बाफिया २०७३ मा भएको व्यवस्था बमोजिम फेरि निवेदन दिएको हो।

लघुवित्त कम्पनीले पुस २७ गते ४ करोड ६३ लाख ३० हजार रुपैयाँ बराबरको ४ लाख ६३ हजार ३०० कित्ता शेयर जारी गर्ने अनुमति मागेको छ । यसअघि चार करोड २० लाख रुपैयाँ बराबरको ४ लाख २० हजार कित्ता आईपिओ निष्काशन गर्न अनुमति मागेको थियो ।

कम्पनीको शेयर बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । आईपिओ जारी गरेपछि कम्पनीको चूक्ता पूँजी १४ करोड ४३ लाख ३० हजार रुपैयाँ पुग्नेछ ।

२०७२ आश्विन १२ गते नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त गरी २०७२ कार्तिक २२ गते पर्वत जिल्लाको कुस्माबाट कारोवार सञ्चालन गरेको यस वित्तीय संस्थाको हाल अधिकृत पूँजी ३० करोड र जारी पूँजी १४ करोड रहेकोमा संस्थापकबाट ९ करोड ८० लाख चुक्ता भईसकेको छ ।

हाल वित्तीय संस्थाको पर्वत, बाग्लुङ्ग, म्याग्दी, गुल्मी, रुकुम, रोल्पा, कास्की, तनहूँ, लम्जुङ्ग र गोर्खा गरी १० जिल्ला कार्यक्षेत्र छ संस्थाले २१ वटा शाखा कार्यालय मार्फत वित्तीय सेवा प्रदान गर्दे आएको छ ।
चालु आर्थिक वर्षमा संस्थाले थप ६ जिल्लामा गरी कुल शाखा सञ्जाल ३२ पुर्याउने लक्ष्य राखेको छ ।

चालू आवको प्रथम त्रैमास सम्ममा  २० लाख ७३ हजार रुपैयाँ खुद नाफा गरेको छ । कम्पनीको खराब कर्जा १.२२ प्रतिशत छ। 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।